Logo
|
Tuesday 30th April 2024
Logo

epaper

घुम्ती शिविरबाट चार सय जना लाभान्वित



म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरबाट करीब चार सय जना लाभान्वित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ लाई नागरिकता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण, तस्वीरसहितको मतदाता नामावली दर्तालगायतका सेवा प्रवाह गरेको छ ।

शिविरमा ९३ नयाँ र १३ प्रतिलिपी नागरिकता वितरण गरिएको सहायक प्रजिअ लीलादेवी अर्यालले बताउनुभयो । दरवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र र देवीस्थान स्वास्थ्यचौकीको टोलीले १७२ लाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिएको वडाध्यक्ष पिपला बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयको टोलीले ५० जनाको तस्वीरसहितको मतदाता नामावली दर्ता गराएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले ५३ ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दालाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको प्रअिज लीलाधर अधिकारीले बताउनुभयो । शिविरमा जुक्जा, राजदाङ, मगरदाङ, रुन्मालगायत बस्तीका बासिन्दाले सेवा पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्