Logo
|
Sunday 19th May 2024
Logo

epaper

स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन सामाग्री



 

khar  बिना सेवा र सुविधा नियमित स्वयम सेवकको रुपमा काम गरि रहनु भएकी स्वास्थ्य स्वयम सेविकालाई गाउँपालिकाले प्रोत्साहन स्वरुप सामाग्री वितरण गरेपछि खुसी व्यक्त गर्नु भएको छ । गाउँपालिकाले काम प्रति अभिप्रेरित गर्न र सहज होस भन्नका लागि पालिकाले स्वास्थ्य स्वयंसेविकालाई यी सामाग्री वितरण गर्दा उहाँहरु खुसी हुनु भएको हो ।
प्रत्यक्ष रुपमा स्वास्थ्य स्वयंसेविकालाई आवश्यक पर्ने सामानहरु पाए पछि खार्पुनाथ गाउँपालिका वडा नम्बर चारकी पाटु शाहीले बताउनु भयो । यी सामाग्रीले काम गर्न सहज हुँदा थप काम गर्न हौसला मिलेको उहाँले बताउनु भयो ।
स्वास्थ्य स्वयंसेविकाले गरी रहेको काममा थप हौसला प्रदान गर्नका लागि प्रोत्साहनका सामाग्रीहरु प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताउनुु भयो । गाउँपालिका भरी रहेका स्वयंसेविकालाई वितरण गरिएका सामाग्रीहरुमा मोबाईल सेट, छाता, झोला र टर्च लाईट वितरण गरिएको उहाँले बताउनुु भयो । प्रत्येक महिना खोप कार्यक्रममा सकृय सहभागिता जनाउने यी स्वयंसेविकाहरु निशुल्क रुपमा काम गर्दै आउने गरेका छन्, त्यही कामलाई सम्मान स्वरुप प्रोत्साहन गर्न यी सामाग्री वितरण गरिएको उहाँले बताउनु भयो । सधै स्वयंसेवामा रहनु पर्ने भएको कारण सम्पर्क गर्नका लागि मोबाईल सेट, गर्मी तथा पानी पर्दा हिड्न छाता, राती पनि हिड्नु पर्ने भएको कारण टर्च लाईट र ती सामाग्री बोक्न झोला दिइएको उहाँले बताउनु भयो ।
हाल खार्पुनाथ गाउँपालिकामा ३६ जना महिला स्वयंसेविकाहरु सकृय रुपमा काम गरी रहनु भएको छ । सबै जनालाई ती सामाग्रीहरु वितरण गरिएको छ । प्रोत्साहन स्वरुप यी सामाग्रीहरु पाए पछि स्वयंसेविकाहरुले काम गर्न हौसला मिलेको बताएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रविर शाहीले बताउनु भयो । यसका लागि गाँउपालिकाले दुई लाख रुपियाँ खर्च गरेको उहाँले बताउनु भयो ।गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्