Logo
|
Sunday 19th May 2024
Logo

epaper

६ वर्षमा ६०१ जनाको मृगौला प्रत्यारोपण



 सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ६ वर्षमा ९९ प्रतिशत सफलताका साथ ६०१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।केन्द्रले मुलुकमा पहिलो पटक ४ जनाको कलेजो प्रत्यारोपणसँगै ६ जनाको मस्तिष्क मृत्युबाट आएको मिर्गौला समेत प्रत्यारोपण गरेको छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको सह आयोजनामा ‘अन्तर कम गरौ‌ं’ नाराको साथ आयोजित दुई दिने पहिलो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा उक्त जानकारी दिइएको हो।

सम्मेलन आयोजक समितिका संयोजक समेत रहेका प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विश्वका नविनतम प्रविधि, ज्ञानर सीपको आदानप्रदानका लागि सम्मेलन सहयोगी भएको बताए । उनले नेपालमा प्रत्यारोपणको क्षेत्रमा उल्लेख्य कामहरु भएको औल्याउँदै अंगदान र प्रत्यारोपण क्षेत्रमा देखिएको दुरी कम गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अंग प्रत्यारोपण क्षेत्रमा नेपालले प्रगति गर्दै गईरहेको औल्याउँदै अन्य देशको दाँजोमा नेपालमा अंग प्रत्यारोपण सेवा सस्तो र भरपर्दो भएको जनाए ।सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विशेषज्ञले भाग लिएका थिए ।

सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, चिकित्सक, नर्स, स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्तिहरु, अंगदाता तथा अंगप्रत्यारोपीहरुको सहभागिता थियो ।प्रत्यारोपण सम्वन्धी जनचेतना देशव्यापी बनाउन सम्मेलनमा देशभरका संघ, प्रदेश तथा जिल्ला अस्पतालका प्रमुख र नर्सिङ प्रमुखको समेत सहभागिता थियो ।कान्तिपुरदैनिकबाट
 

प्रतिक्रिया दिनुहोस्