Logo
|
Sunday 19th May 2024
Logo

epaper

वीरगन्जमा २० वर्षीया महिलाले जन्माइन एकसाथ चार बच्चा



वीरगन्जको एक निजी अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकै पटकमा चार जना शिशुलाई जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई एकसाथ जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो करिब पौने एक बजे खातुनले ४ शिशु जन्माएकी हुन्। तीन बालिका शिशुको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो, ८ सय ग्रामर छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको अस्पतालकी मेट्रोन भूमिका अधिकारीले जानकारी दिइन्।

अस्पतालका चिकित्सकका अनुसार ९ महिनामा शिशु जन्मिनु पर्नेमा खातुनले सात महिनाभित्रै ४ शिशु जन्माएकी छन्। उनीहरुको पुरा विकास नभएको र तौल पनि औसतभन्दा कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा। स्वेता चौधरीले जानकारी दिइन्। चारै जना शिशुलाई एनआइसीयु ९शिशुहरुको सघन उपचार कक्ष०मा बिशेषज्ञ डा। आनन्दकुमार झाको रेखदेखमा राखिएको छ। अस्पतालमा मंगलबार बिहान सात बजे खातुनलाई भर्ना गरिएको थियो। बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम देखेर सबैलाई एनआइसीयु कक्षमा राखिएको डाक्टरहरुले बताए।

चार बच्चाकी आमा बनेकी खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर चौधरीले बताइन्। सोमबार राती अचानक सुत्केरी ब्यथा लागेपछि खातुनलाई गाउँ नजिकैको पोखरीया अस्पतालमा लगिएको थियो। त्यहाँबाट खातुनलाई सिमावर्ती भारतीय सहर रक्सौलको डंकन हस्पिटलमा लगेर भर्ना गर्दा चिकित्सकले प्रसूति गराउन नमानेपछि खातुनलाई मंगलबार बिहानै वीरगन्जको नेसनल मेडिकल कजलेजमा पुर्याइएको थियो। नेसनल मेडिकल कलेजमा पनि चिकित्सकले जोखिम उठाउन नमानेपछि मंगलबार बिहान सात बजे खातुनलाई वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको खातुनका श्रीमान् सलिमले बताए।

वीरगन्ज हेल्थ केयर हस्पिटलमा प्रसुति गराउन डा। चौधरीसंगै डाक्टर रमतुल्लाह साह, मेट्रोन भूमिका अधिकारी, नर्स समिता आलेको टोलीले काम गरको हस्पिटलका अध्यक्ष डाक्टर अबुलहयश अन्सारीले जानकारी दिए। नागरिकन्युजबाट

 

प्रतिक्रिया दिनुहोस्