Logo
|
Thursday 9th May 2024
Logo

epaper

क्यान्सरको निःशुल्क परीक्षण गरिने



'क्यान्सरको निःशुल्क परीक्षण'

 प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामा बढ्दै गइरहेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था गरिने जानकारी दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। समयमै परीक्षण गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरका कारण बर्सेनी सयौं नेपाली महिलाले अकालमा ज्यान गुमाउँदै आएका छन्।

महिलामा हुने क्यान्सरमध्ये पहिलो पाठेघरको मुखको क्यान्सर र दोस्रो स्तन क्यान्सर रहेको छ।पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने विधि भिज्युअलइन्सपेक्सन विथ एसिटिकएसिड (भीआइए) हो।

तरल पदार्थको प्रयोग गरेर न्यून खर्च र थोरै समयमै पाठेघरको मुखको क्यान्सर भए-नभएको पत्ता लगाउन सकिन्छ। कपासमा एसिटिक एसिड राखेर पाठेघरको मुखमा केही सेकेन्ड राखेर परीक्षण गरिन्छ। त्यस्तै अर्को विधि प्याप स्मेयर हो ।

त्यस्तै स्तन क्यान्सरको परीक्षण अल्ट्रासाउण्ड र म्यामोग्राफिबाट गर्न सकिन्छ।गत शुक्रबार सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/०७७को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप कार्यक्रम समेत सार्वजनिक गरेकी थिइन्।

विश्वका विभिन्न मुलुकमा दश वर्षअघिदेखि नै स्कुले उमेरका किशोरीका लागि खोपको व्यवस्था गरिंदै आएको छ।स्वास्थ्य र सरसफाईका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सबै सामुदायिक विद्यालयमा छात्राका लागि सेनेटरी प्याड पनि निःशुल्क वितरण गर्ने नयाँ अभ्यासको थालनी गर्ने समेत बताए।

त्यस्तै, दुर्गममा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।उनले सडकमा अलपत्र परेका र बेसहारा व्यक्तिको उद्धार गरिने समेत आश्वासन दिए।

काठमाडौं सफा सहर
प्रधानमन्त्री ओलीले संघीय राजधानी काठमाडौंलाई सफा सहरका रुपमा विकास गरिने बताए।’काठमाडौंलाई सफा सहरका रुपमा विकास गर्न चाहन्छौं।हाम्रो प्रयास त्यसमा केन्द्रत छ, ‘उनले भने।

काठमाडौं धुलोरहित गराउने दावी गर्दै प्रधानमन्त्री ओलीले बाहिरबाट धुलाम्मे भएर काठमाडौं आउने सवारी साधनलाई विभिन्न ठाउँमा स्थापना गरिने सफाइ केन्द्रमा सफा गरेर मात्र काठमाडौं आउने प्रबन्ध गर्न लागिएको समेत जानकारी दिए।अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्