Logo
|
Tuesday 7th May 2024
Logo

epaper

बुबाको स्मृतिमा स्वास्थ्य शिविर



पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेरा घर भई अमेरिका बस्दै आएका जोर्डन बुढाले आफ्ना बुबा हीरा बुढाको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । बुढाले जापनिज डाक्टरसहितको टोली ल्याएर गाउँमा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
शिविरमा जापनिज डाक्टर इसिदा रुइचिकासहित ६ जना डाक्टर, ६ जना स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मी गरी १६ जनाको टोली खटिएको थियो ।

शिविर सञ्चालन गर्दा करिब १८ लाख रुपैयाँ खर्च भएको बुढाले बताए । ‘दुर्गमका नागरिकले गाउँमै सहज स्वास्थ्य सेवा पाऊन् भनेर शिविर सञ्चालन गरेका हौँ,’ बुढाले भने । शिविरमा दुई हजारले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् । शिविरमा भिडियो एक्सरेसहित, औषधि र ल्याब सेवासमेत निःशुल्क प्रदान गरिएको शिविरमा खटिएका डाक्टर अनिल बुढामगरले जानकारी दिए ।

 महिलामा आङ खस्ने समस्या धेरै
शिविरमा उपचारका लागि आएका महिलामा आङ खस्ने समस्या धेरै पाइएको छ । ‘महिलाहरूले आफ्नो स्वास्थ्यमा ख्याल नगरेको पाइयो,’ डाक्टर बुढाले भने, ‘धेरै महिला त स्वास्थ्य समस्या देखिँदा पनि उपचारका लागि स्वास्थ्य संस्थामा नगएका रहेछन् ।’

नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्