Logo
|
Tuesday 7th May 2024
Logo

epaper

काठमाडौंमै हैजा देखियो



काठमाडौंमा हैजा देखिएको छ । काठमाडौं महानगरपालिका–१३ का एक ४५ वर्षीय युवकमा हैजा देखिएको हो । उनको नाम गोप्य राखिएको छ । झाडापखाला भएर उपचारका लागि गत १७ वैशाखमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पुगेका ती युवकको दिसाको संकलन गरिएको नमुना परीक्षण गर्दा हैजा भएको पुष्टि भएको सो अस्पतालले जनाएको छ । अस्पतालको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ती नमुना परीक्षण गर्दा हैजा प्रमाणित भएको बताइएको छ ।

हैजासम्बन्धी कडा खालका बिरामीहरू अस्पतालमा भर्ना हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु क्लिनिकल रिसर्च युनिटका संयोजक सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । उनले हैजाका बिरामीहरूको संख्या बढ्न सक्ने बताए ।
बिरामीको घरबाट विभिन्न स्रोतका तीनवटा पानीको नमुना संकलन गरी पानीको परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगिएको र त्यसको परीक्षणको नतिजा आउन बाँकी छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्