Logo
|
Tuesday 7th May 2024
Logo

epaper

जनकपुर अस्पतालमा ठेक्का विवाद



जनकपुर अञ्चल अस्पतालमा पुनः टेन्डर विवाद बल्झिएको छ । अस्पतालले सुरक्षा गार्डको व्यवस्था गर्न निकालेको टेन्डर विवादमा परेको हो । अस्पतालले सबभन्दा कम मूल्यमा टेन्डर भरेका ठेकेदार यशराज सेक्युरिटी सर्भिस प्रालि जनकपुरलाई ठेक्का नदिई बढी रकम भर्ने काठमाडौंको डिलक्स सेक्युरिटी कम्पनीलाई दिन लागेको आरोप छ ।

अस्पतालले २३ फागुनमा १४ जना सेक्युरिटी गार्ड सप्लाई गर्न सूचना प्रकाशित गरेको थियो । त्यसमा आफूले प्रतिकामदार १६ हजार सात सय एक रुपैयाँमा टेन्डर हाले पनि १७ हजार तीन सय ३३ रुपैयाँ रेटमा टेन्डर हाल्ने डिलक्सलाई दिइएको यशराज सेक्युरिटी सर्भिसले आरोप लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादव र लेखापाल रामविनय यादवले मिलेमतोमा डिलक्सलाई ठेक्का दिएको दाबी यशराज कम्पनीको छ ।

अस्पताल प्रशासनले खरिद ऐन नियमलाई पाखा लगाई आर्थिक प्रभावमा डिलक्स सेक्युरिटीलाई ठेक्का दिएको यशराजका प्रबन्ध निर्देशक रामरतन ठाकुरले दाबी गरे । आफूमाथि अन्याय भएको भन्दै उनी अदालत जाने तयारीमा छन् । नयाँ पत्रिका

 

 

प्रतिक्रिया दिनुहोस्