Logo
|
Tuesday 7th May 2024
Logo

epaper

राजधानीको पानीमा कोलिफर्म



हैजा संक्रमण भएका बिरामीको घरबाट संकलन गरिएको पानीमा कोलिफर्म भेटिएको छ।

काठमाडौं महानगरपालिका–१३ मा संक्रमित बिरामीको घरबाट ल्याइएको तीनवटा पानीको नमूना परीक्षण गर्दा कोलिफर्म पाइएको हो। पानीको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थियो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार, पिउने पानीमा कोलिफर्म देखिनु स्वास्थ्यका लागि हानीकारक हो। कोलिफर्म मानवमलमूत्र, घाँसपात एवं अन्य वातावरणमा रहेका हुन्छन्। पिउने पानीमा भिब्रियो कलेराका जीवाणु पाइए मात्र हैजा भएको पुष्टि हुने डा.पाण्डेले बताए।

४५ वर्षीया ती बिरामीको घरका विभिन्न तीनवटा स्रोतको पानी संकलन गरी परीक्षण गरिएको थियो। हैजाको जीवाणु भने नपाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।  राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्