Logo
|
Tuesday 7th May 2024
Logo

epaper

छात्रालाई मेसिनबाट प्याड



 कक्षा १० मा अध्ययनरत श्रेया जिमी र उनका साथीहरू भावना तामाङ, कञ्चन विकलगायतले एउटा डिजिटल बक्साको स्वीच थिचेर ५ रुपैयाँको सिक्का छिराए । विद्यालयकै प्रशासनिक प्रवेशद्वारसँगैको भित्तामा झुन्ड्याएको उक्त बक्साबाट सेनिटरी प्याड निस्कियो ।

धरानको चतरालाइनस्थित पब्लिक हाईस्कुलमा अटोमेटिक सेनिटरी नेप्किन भेन्डिङ मेसिन’ बाट प्याड निकाल्दै छात्रा । तस्बिर : प्रदीप/कान्तिपुर

बक्साबाट निस्केको प्याड देखाउँदै धरान-१२ चतरालाईनस्थित पव्लिक हाइस्कुलकी छात्रा श्रेयाले निर्धक्क भनिन्, ‘यौन तथा प्रजनन स्वास्थ्यसंग जोडिएको हामीजस्ता किशोरीले कक्षाकोठामै महिनावारी भइहाले यो प्याडले इमर्जेन्सीको काम गर्न सहयोग पुर्‍याएको छ ।’

कक्षामा पढिरहेको बेला अचानक महिनावारी भए अधिकांस किशोरीहरू ‘लेडिज प्रोव्लम’ भन्दै शिक्षकसँग विदा मागेर घरतिर जाने गरेका थिए । श्रेयाका साथी भावनाले थपिन्, ‘स्कुलले प्याडको व्यबस्था नगर्दा पहिला पहिला हामीले व्यागमै पनि प्याड बोक्थ्यौं, अव बोक्नु परेन ।’ मेसिन तीन दिनअघि धरान उपमहानगर कार्यवाहक प्रमुख मन्जु भण्डारीले उद्घाटन गरेकी थिइन् ।

महिनावारी हुने उमेर पुगेका हाइस्कुलका कक्षा १२ सम्मका छात्राहरू रजस्वला भएपछि वीचैमा कक्षा छाडेर घर नजाउन भनेर विद्यालयले ‘अटोमेटिक सेनिटरी नेप्कीन भेण्डिङ मेसिन’ राखिदिएको हो । यौन तथा प्रजनन स्वास्थ्य संग सोझै जोडिएको महिनावारीको विषयमा समाजमा अनेक भ्रमहरू छन् ।

विषेशगरी विद्यालयमा दिइने स्वास्थ्य शिक्षालाई व्याबहारिक बनाउन लामो प्रयासपछि प्याड खसाल्ने मेसिन राखिएको हो । प्रधानाध्यापक झाका अनुसार पव्लिक हाइस्कुलमा कक्षा ११ र १२ मात्र हजार विद्यार्थी र नर्सरी देखि १० सम्म ६ सय ५० जना विद्यार्थी छन् । तीमध्ये सेनिटरी प्याड प्रयोग गर्ने कक्षा ८ देखि कक्षा १२ सम्मका छात्राहरूको संख्या सात सयबढी भएकाले महिनावारीको समस्याले गर्दा कसैले पनि कक्षा नछुटाउन भनेर कक्षा ११ को छात्राहरूको पहलमा प्याड खसाल्ने मेसिन राखिदिएको हो ।

विद्यालयले तीन बर्षअघिदेखि नै छात्राहरूलाई निशुल्क सेनिटरी प्याड उपलव्ध गराउदै आएको थियो । यसपटकदेखि मेसिनबाट उपलव्ध गराउन थालेको हो । छात्राहरूको स्वास्थ्य सुविधाकालागिमात्र उक्त मेसिन नराखेर महिनावारी हुँदा अलगै नबसी पठन पाठन पनि निर्धक्क सक्रिय बनन् भनेर भेण्डिङ मेसिन नै राखिदिएको प्रधानध्यापक इनद्रमोहन झाले बताए । उनले भने, ‘बास्तवका महिनावारी महिलाको गर्भाशयबाट प्राकृतिक रुपमा हुने सरसफाइ प्रक्रिया हो । महिलामा हुने यो प्राकृतिक प्रकृयालाई अनेक अन्धविश्वास र भ्रमसंग जोडेर यसैबेला अछुत बनाइन्छ । यस्ता भ्रम चिर्नकै लागि हामीले प्रदेश १ मा पहिलो पटक छात्राहरूकालागि विद्यालयमै राखिदिएका हौं । जस्लाई आवश्यक पर्छ उसले निर्धक्क सिक्का लगाएर निशुल्क रुपमा प्याड प्रयोग गर्न सक्छ ।’

हाल सेनिटरी प्याड धरान उपमहानगरपालिकाको सामाजिक महाशाखा मार्फत उपलव्ध हुदै आएको छ । उनकाअनुसार उक्त मेसिन दुइखाले पाइन्छन् । एउटामा एकैपटक ५० वटा प्याड राख्न सकिने मेसिनको मुल्य १० हजार ८ सय भारु र ७५ वटा प्याड अटाउने मेसिनको ११ हजार ८ सय भारु पर्ने झाले बताए ।

उनले भने, ‘तर कुरियरको रकम, भन्सारको रकम, भारतीय एजेण्टलाई दिने कमिसन, रानीभन्सारबाट धरानसम्म ल्याउदा लागेको ढुवानी खर्च सवै जोडा करिव ३० हजार रुपैया खर्च भयो । महिला र छात्राको प्रजनन स्वास्थ्यको विषय भएकाले नेपालमै यो मेसिनको आधिकारिक विक्रेता भएमा र भन्सार छुटको व्यबस्था हुन सके बढीमा २० हजार रुपैया पर्न सक्ने हुदा छात्राबास, विद्यालय, कलेज, विभिन्न सरकारी कार्यालय, गैरसकारी संघसंस्था, महिलाकामदार बढी भएका उद्योग कलकारखानामा राख्न सकिने झाले बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्