Logo
|
Thursday 2nd May 2024
Logo

epaper

विद्यालयमा पुगे चिकित्सक टोली



विद्यार्थीमा देखिएको अनौठो बिमार निको नभएपछि चिकित्सकको टोली विद्यालय पुगेको छ । सिलिचोङ गाउँपालिका–२ बालामाको हिमाल ज्योति आधारभूत विद्यालयमा चिकित्सक टोली पुगेको हो ।

महिना अघिदेखि विद्यार्थी मूर्च्छा पर्ने, रुने, काम्ने, कराउने गर्न थालेका छन् । यो समस्या नहटेपछि ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक टोली विद्यालयमा नै उपचार गर्न पुगेका हुन् । विद्यार्थीको अवस्थाको अध्ययनपछि उनीहरूमा ‘फ्याक्टीस्टेस डिस्अर्डर’ भएको डा. रूपेश कर्णले बताए ।

‘कुनै ठूलो समस्या नरहेकाले आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने, ‘बनावटी अभिनय वा कुनै भ्रममा रहेर विभिन्न कृयाकलाप गर्नुलाई फ्याक्टीस्टेस डिस्अर्डर भनिन्छ । जुन व्यक्तिले जस्तो कृयाकलाप गरेपनि मानसिक सन्तुलन गुमाएको हुँदैन ।’

यहाँका विद्यार्थीले पनि त्यस्तै क्रियाकलाप मात्र गरिरहेको डा कर्णले दावी गरे । बिरामी भनिएका विद्यार्थीको खानपान र अन्य स्वास्थ्य अवस्था सामान्य पाइएको उनले बताए । उनीहरूलाई सकारात्मक परामर्शको आवश्यकता रहेको डा .कर्णले जोड दिए ।

यसरी बिरामी भनिएका विद्यार्थीलाई तीन दिनसम्म विद्यालय आउन नदिने विद्यालयलाई सल्लाह दिएका छन् । उनीहरूको मनोबल बढाउन केही औषधी समेत वितरण गरिएको छ । विद्यालयमा १४ विद्यार्थीमा यस्तो समस्या देखिएको प्रधानाध्यापक गंगाराज राईले बताए ।

विद्यालय नजिकै देवीको उत्पति हुन लागेको र बेलैमा देवी निकाल्न नसके थप अनिष्ट हुने भनेपछि विद्यालय मै धामी राखिएको थियो । चिकित्सकसहितको टोलीमा गाउँपालिका उपाध्यक्ष लालकुमारी कुलुङ, वडा २ का अध्यक्ष मोहनशमशेर कुलुङ, कार्यपालिका सदस्य मेनुका राई, स्वास्थ्य संयोजक दीपेश कुलुङ थिए ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्