Logo
|
Thursday 2nd May 2024
Logo

epaper

हुम्लामा पहिलोपल्ट शल्यक्रिया



जिल्ला अस्पतालमा सिमकोटमा पहिलोपल्ट आन्द्राको शल्यक्रिया सफल भएको छ । सर्केगाड गाउँपालिका ७, रोडिकोटका २२ वर्षीय सन्तोष छत्यालको जिल्ला अस्पतालमै सफल शल्यक्रिया गरिएको हो ।

विरामीको आन्द्रामा प्वाल परेको अस्पतालले जनाएको छ । सुरुमा अस्पतालका चिकित्सकले उनलाई जिल्लाबाहिर रिफर गरेका थिए । आर्थिक अवस्था कमजोर नभएका कारण उनलाई बाहिर लिन समस्या भएपछि अस्पतालमै शल्यक्रिया गरिएको हो ।

अस्पतालका विशेषज्ञ डा .सिद्धार्थ खातीको नेतृत्वमा डा. दुर्गा सुरखाली, डा. टसी लामाले आन्द्राको सफल शल्यक्रिया गरेका हुन् ।

जिल्ला अस्पतालमै उपचार भएपछि छत्यालले नयाँ जीवन पाएको बिरामीका आफन्त भैरवबहादुर शाहीले वताए । ‘बाहिर लैजान हामीसँग पर्याप्त रकम पनि थिएन,त्यसमा पनि खराब मौसमका कारण जहाज अबरुद्ध भएपछि यहाँका डाक्टरले नै शल्यक्रिया गर्ने निर्णय लिनुभएको हो,’ उनले भने, ‘बिरामीको अवस्था गम्भीर भइसकेको थियो, यही शल्यक्रिया भयो, बिरामीको अवस्था सामान्य बन्दै गएको छ ।’

यसअघि बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र औषधि अभावका कारण सामान्य उपचार गर्नसमेत बिरामीलाई बाहिर लैजानुपर्ने बाध्यता थियो । पछिल्लो समय विशेषज्ञ चिकित्सक आएपछि जिल्ला अस्पतालको सेवा प्रवाह र उपचार सेवा भरपर्दो बन्दै गएको छ । शल्यक्रिया सफल भएपछि मृत्युको मुखमा पुगेका छत्यालको ज्यान बचाउन सकिएको डा. दुर्गा सुरखालीले बताइन् । उनका अनुसार पहिलोपटक जटिल शल्यक्रिया भएपछि चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढेको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्