Logo
|
Thursday 2nd May 2024
Logo

epaper

ब्रेन स्ट्रोकको उपचार भएर कहिले फर्केलिन ‘दादी माँ’ ?



बलिउड फिल्म ‘बधाई हो’ मा आयुष्मान खुरानाको ‘दादी माँ’ बनेर अभिनय गरेकी सुरेखा सिक्रीलाई सबैले मन पराएका थिए । उनको चौतर्फि तारिफ समेत भयो । उनी सोहि फिल्म मार्फत ‘सर्वश्रेष्ठ सहयोगी अभिनेत्रीका रुपमा राष्ट्रिय पुरस्कार बाट सम्मानित भइन् ।
सानो पर्दामा (टिभी इण्डस्ट्री) सुरेखा सिक्रीलाई ‘बालिका वधु’ मा दादिसाको भूमिकाले निकै चर्चित बनायो । त्यसपछि उनी केही समय ठूलो स्क्रिनबाट हराइन । उनले हालसालै पुरस्कार जिते पछि एक अन्तवार्तामा ठूलो स्क्रिनबाट हराउनुको कारण बताएकी थिइन । सुरेखाका अनुसार १० महिना अघि उनलाई बे्रन स्ट्रोक भएको थियो । उनी बाथरूममा लडेकी थिइन, जसले गर्दा उनको टाउकोमा गम्भिर चोट लागेको थियो । विगत १० महिनादेखि नियमित उपचार भइरहेको छ । अहिले स्वास्थ्यमा क्रमश सुधार आएको छ ।

फिल्म ‘बधाई हो’ र टिभी सिरियल ‘बालिका वाधु’ बाट बनेको पहिचान
सुरेखा सिक्री फिल्म जगतमा सन् १९७८ देखि सक्रिय छिन् । हिन्दी चलचित्र बाहेक उनले मलयालम फिल्म र हिन्दी टिभी सीरियलमा समेत काम गरेकी छिन । तर टिभी कार्यक्रम ‘बालिका वधु’ ले सुरेखालाई सबैभन्दा चर्चाको शिखरमा पु¥यायो । यसपश्चात आयुष्मान खुरानाको हाँस्य फिल्म ‘बधाई हो’ मा उनको ‘दादी मा’ को चरित्रलाई धेरैले मन पराए । उनले जीवन्त अभिनय गरेकी थिइन । सुरेखाले यसअघि फिल्म ‘तमस’ र ‘मम्मो’ बाट सर्वश्रेष्ठ सहयोगी अभिनेत्रीको पुरस्कार प्राप्त गरिसकेकी थिइन् । फिल्म र टिभी बाहेक सुरेखा रंगमञ्चमा पनि सक्रिय थिइन् ।

के हो ब्रेन स्ट्रोक?
ब्रेन स्ट्रोक विभिन्न कारणले हुनसक्छ । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र मधुमेह आदि प्रमुख कारणहरु हुन् । धूम्रपान र मद्यपान गर्ने व्यक्तिहरुलाई पाि ब्रेन स्ट्रोकको जोखिम उच्च हुन्छ । साथै मुटु रोगले स्ट्रोकको जोखिम बढाउन सक्छ । सामान्यतया, ५५ बर्ष भन्दा माथिका व्यक्तिहरूलाई ब्रेन स्ट्रोक हुने गरेको पाइन्छ । तर आजकाल जीवनशैली र गलत बानीव्यवहारले युवाहरूलाई पनि मस्तिष्कघात हुने गरेको छ ।
ब्रेन स्ट्रोक किन खतरनाक छ?
ब्रेन स्ट्रोक एक खतरनाक रोग हो । मस्तिष्कको कुनै भागमा रगत पुग्न बन्द हुन्छ या त्यहाँ रक्तसञ्चार कम हुन्छ । जसले गर्दा मानिस तुरुन्त बेहोस हुन्छ । वास्तवमा, रगत मार्फत हाम्रो शरीरमा अक्सिजन र पोषक तत्वहरू प्रवाह हुने गर्छन् । मस्तिष्कका भागहरुमा रगत पुग्न सकेन भने कोशिकाहरु विस्तारै मर्न थाल्छ । यो एक गम्भीर समस्या हो । समयमा उपचार पाएन भने बिरामी कोमामा जान सक्छ । कतिपयको ज्यान समेत जान सक्छ ।

ब्रेन स्ट्रोक लक्षण
मस्तिष्कघातका हुँदा यस्ता लक्षणहरू देखिन सक्छ ः
कुनै काम गरिरहेको मानिस एक्कासी बेहोस हुन सक्छ । बोल्न समस्या हुन्छ । बोल्दाबोल्दै स्वर भासिन्छ । स्मरणशक्ति विस्तारै हराउँदै जान्छ । आँखाले धमिलो देख्न थाल्छ । असह्य हुने गरी टाउको दुख्छ । हिंड्न गाह्रो हुन्छ र शरीर असन्तुलन हुन्छ ।
डायग्नोसिस कसरी गरिन्छ ?
एक्कासी असह्य टाउको दुःखेमा, एकापट्टीको भागको हातखुट्टा लुलो भएमा र मुख बाङ्एिमा ब्रेन स्ट्रोक भएको बुझ्नुपर्छ । ब्रेन स्ट्रोकको प्रकार, कारण र अवस्था पत्ता लगाउन सिटिस्क्यान र एमआरआई गर्नुपर्छ । जस्तोः उच्चरक्तचाप वा रगतको नसा फुटेर वा के कारणले ब्रेन स्ट्रोक भएको हो भन्ने छुट्याउनुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्