Logo
|
Saturday 26th October 2024
Logo

epaper

डेंगुको लक्षण र बच्ने उपाय



काठमाडौं उपत्यकामा समेत डेंगु रोगको प्रकोप बढ्न थालेको छ । गर्मी ठाउँमा हुने डेंगु अहिले काठमाडौंकै टाउको दुखाइ भएको छ । काठमाडौंका विभिन्न भागबाट शुक्रराज ट्रपिकल अस्पतालमा आउनेको संख्या बढ्दो छ । दैनिक १०/ १२ जना डेंगु भएको आशंकामा बिरामी आउन थालेका छन् ।
खासमा डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।
एडिस एजिप्टाइले ससाना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । सहरी क्षेत्रमा खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ ।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । रगत परीक्षण गर्दा स्थिर नभएसम्म चिकित्सकसँग परामर्श गरिरहनुपर्छ । अहिले काठमाडौंमा देखिएको डेंगु २ हो कि भन्ने अनुमान छ । डेंगु १, २, ३ र ४ हुन्छ ।
डेंगु ज्वरो आउँदा तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर, ज्वरो घटाउने भनेर एस्पिरिन तथा आइबुप्रोफेन भने खानुहुँदैन । डेंग ज्वरोविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लाग्दा असाध्यै टाउको दुख्ने गर्छ । साथमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने हुन्छ । यसैंगरी, ढाड, जोर्नी तथा मांसापेसीहरू दुख्ने गर्छ । शरीरमा बिमिरा आएमा, वाकवाकी लागेमा पनि डेंगु भएको हुन सक्छ । यसैंगरी पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने र रक्तस्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने हुन्छ ।
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तै ः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न दिनुहुँदैन । यसैंगरी, पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । यस लामखुट्टेले खासगरी बिहान घाम लागेपछि र दिउँसो टोक्ने हुँदा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ ।  लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्ने, घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ । (वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्