Logo
|
Saturday 18th May 2024
Logo

epaper

बिर्सने रोग लागेका मानिसका लागि निर्मित नमुना घर

यो घर खुल्ला ढाँचामा बनाइएकाले हिडडुल गर्न सजिलो



संसारभरि मानिसहरूको आयु लम्बिँदै गएपछि विस्मृति अर्थात् बिर्सने रोग भएका मानिसको संख्या पनि बढ्दै गएको छ ।
यूकेमा एउटा समूहले त्यस्ता बिर्सिने रोग रोग लागेका मानिसलाई लक्षित गरि घरको नयाँ डिजाइन बनाएको छ ।
यो घर खुल्ला ढाँचामा बनाइएकाले हिडडुल गर्न सजिलो हुन्छ ।

घरको भ¥याङ्का ओछ्याइएका कार्पेटहरु हल्का रङ्गका छन् । किनभने गाढा रङ्गले खाडलजस्तो भान पार्न सक्छ । असाध्यै गर्मि हुदाँ झ्यालहरु स्वाचालित रुपमा खुल्छन् । उनीहरुले नबिर्सिउन भनेर प्लगको सकेट माथितिर राखिएका छन् । लफ्बर विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार वैज्ञानिक अनुसन्धानमा आधारित भएर डिजाइनमा परिवर्तन गरिएको हो । यस्तो रङ्गरोेगनले मानिसलाई शान्त बन्न र स्पष्ट देख्न सहयोग पु¥याउँछन् । पर्याप्त प्राकृतिक प्रकाशले जैविक घडीलाई नियमित बनाउँछ । बिर्सने रोग लागेका मानिसमा यो सिस्टम बिग्रिएको हुन्छ ।

बिर्सिने रोगले मानिसलाई धेरै प्रभावित बनाएको हुन्छ । बिर्सर्ने रोग लागेको मानिसलाई यो घरले उपयोगी हुने अनुसन्धानकर्ताको भनाइ छ । बिरामीको रेखदेखमा लाग्ने रकम जोगिन सक्छ र उनीहरु घरमै लामो समय बस्न सक्छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्