Logo
|
Sunday 22nd December 2024
Logo

epaper

क्यानडामा हरेक चारमध्ये एक किशोर-किशोरी भ्यापिङ लिन्छन्



क्यानडा : क्यानडामा पछिल्लो समय भ्यापिङ लिने किशोर किशोरीको संख्या बढ्दैगरेको केही अनुसन्धानले खुलासा गरेका छन् ।

क्यानडा र अमेरिकामा भ्यापिङ लिने १६ देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीको संख्या बढ्दो क्रममा रहेको बताइन्छ । ‘बिएमजे’ नामको मेडिकल जर्नलले पछिल्लो समय प्रकाशन गरेको अनुसन्धानले यस्तो देखाएको हो ।

उक्त अनुसन्धानका अनुसार हरेक चार किशोर–किशोरीमा सरदरमा एकजनाले भ्यापिङ लिने गरेको खुलासा भएको हो । ७ देखि १२ कक्षामा अध्ययनरत चार विद्यार्थीमध्ये एकले भ्यापिङ लिने गरेको भेटिएको हो ।

भ्यापिङ एक किसिमको धुम्रपान नै हो । जुन चुरोट, गाँजा लगायतको लत नियन्त्रण गर्न प्रयोग गर्ने चलन छ । ‘ई सिगरेट’को रुपमा चुरोटको सट्टा पनि भ्यापिङ लिने गरिन्छ ।

यस्तो तथ्यांकमा स्वास्थ्य विज्ञहरुले भने चासो देखाएका छन् । लामो समय चुरोट, गाँजा लिएर नियन्त्रणका लागि प्रयोग गरिने भ्यापिङ किशोरहरुले नै नियमित रुपमा लिन थालेपछि यसले सामाजिक समस्या निम्त्याउने उनीहरुको चिन्ता छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्