Logo
|
Sunday 5th May 2024
Logo

epaper

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय होहल्ला र आन्दोलन गर्ने थलोका रूपमा परिचित

प्रतिष्ठानमा केही दिनयता दैनिकजसो होहल्ला, नाराबाजी, तालाबन्दीजस्ता विभिन्नखाले आन्दोलन



तुलसीपुर । बिरामीको उपचार गर्ने घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय होहल्ला र आन्दोलन गर्ने थलोका रूपमा परिचित हुन थालेको छ । प्रतिष्ठानमा केही दिनयता दैनिकजसो होहल्ला, नाराबाजी, तालाबन्दीजस्ता विभिन्नखाले आन्दोलनका र्काक्रम भइरहेका छन् ।

उपकुलपति डा. संगीता भण्डारीले अभद्र व्यवहार गरेको तथा अनुचित बहानामा स्पष्टीकरण माग्ने, बर्खास्तीको धम्की दिने र मनोबल गिराउनेखालका काम गरेकाले चिकित्सकले शारीरिक तथा मानसिक रूपमा विक्षिप्त भई राजीनामा दिएको बताएपछि स्वास्थ्य प्रतिष्ठान बचाउ अभियानले आन्दोलनको नेतृत्व गरेको हो । अभियानका संयोजक विकिरण गौतमले प्रतिष्ठानको खस्किँदो स्वास्थ्य सेवा, बढ्दो भ्रष्टाचार, सबैखालका अनियमितताविरुद्ध राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान आन्दोलनरत रहेको बताए ।

उपकुलपति डा. संगीता भण्डारीको राजीनामाको माग गर्दै गरिएको आन्दोलन पछिल्लो समय चर्कंदै जान थालेको छ । बिहीबारदेखि आन्दोलनका विरुद्ध आन्दोलन हुन थालेको छ । प्रतिष्ठानमा कार्यरत २२ जना चिकित्सकले ७ भदौमा सामूहिक राजीनामा दिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था तनावपूर्ण बन्दै गएको छ । प्रतिष्ठानमा, हुलहुज्जत, नाराबाजी, तालाबन्दी, रजिष्टारलाई कार्यकक्षबाट निकाल्नेदेखि सुरक्षाका लागि तैनाथ प्रहरीलाई समेत आन्दोलनकारीले समातेर गेटबाहिर फाल्नेसम्मका काम भइरहेका छन् ।

जसले आन्दोलनप्रति दिनानुदिन अपेक्षा गरेभन्दा पनि तीव्र गतिमा जनसमर्थन पाइरहेको तथा जिल्लामा क्रियाशील नागरिक अगुवा संस्था नागरिक समाज, प्रतिष्ठान सरोकार समिति, नेपाल पत्रकार महासंघ, मानवअधिकार सञ्जाल दाङ, थारू कल्याणकारिणीसभा दाङलगायतका संगठनले आन्दोलनप्रति समर्थन जनाएको दाबी गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति रामप्रसाद प्याकुरेलमाथि हातपात भएपछि केही कर्मचारीले कारबाहीको माग गर्दै हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । यता, नेपाली कांग्रेस दाङ भने वार्ता र संवाद छोडेर कब्जा गर्ने शैलीमा अघि बढेको भन्दै त्यसको विरोधमा उत्रिएको छ । कांग्रेसको भ्रातृसंगठन तरुण दलले घोराहीमा प्रदर्शन गरेको छ । त्यसैगरी नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रीय समिति, जिल्ला समिति दाङ, नेपाल स्वास्थ्यकर्मी संगठन, नर्सिङ संघलगायतका विभिन्न संगठनले उपकुलपति भण्डारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

१२ विशेषज्ञ र १० मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएपछि अस्पतालको स्वास्थ्य सेवा ठप्प भएको छ । टाढाटाढाबाट आएका बिरामी अलपत्र परेका छन् । प्रतिष्ठानमा यसअघि पनि पटकपटक समस्या हु“दै आएको छ ।यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्