Logo
|
Saturday 26th October 2024
Logo

epaper

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा दीपक भट्ट नियुक्त



नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा दीपक भट्ट नियुक्त हुनुभएको छ । स्वास्थ्य सेवा विभागमा कार्यरत जनस्वास्थ्य अधिकृत भट्टलाई मन्त्रीस्तरीय निर्णयबाट परिषद्को रजिस्ट्रारमा नियुक्त गरिएको हो ।

परिषद् लामो समयदेखि रजिस्ट्रारविहीन थियो । रजिस्ट्रार नहुँदा परिषद्मा लाइसेन्स वितरण लगायतका प्रशासनिक कामकाज प्रभावित भएको थियो।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले रजिस्ट्रार नियुक्त गर्न गत साउन १९ गते पत्र पठाएको थिया े। सोही पत्रका आधारमा भट्टलाई नियुक्त गर्ने निर्णय भएको हो । उहाँले आजै रजिस्ट्रार नियुक्तिको पत्र बुझ्नुभएको हो  ।

प्रतिक्रिया दिनुहोस्