Logo
|
Friday 29th March 2024
Logo

epaper

टाइट अन्डरवेर लगाउँदा सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास



पुरुषहरूले टाइट अन्डरवेर लगाउँदा सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास आउने अध्ययनले देखाएको छ । हालसालै गरिएको एउटा अनुसन्धानमा पुरुषहरुले टाइट अन्डरवेर लगाउँनाले शुक्रकिट उत्पादन २५ प्रतिशतले घटेको तथ्य सार्वजनिक भएको छ । जसले गर्दा उनीहरु भविष्यमा बाबु बन्न असक्षम हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ । तपाइलाई सुन्दा अनौठो लाग्न सक्छ, अहिले विश्वभरका पुरुषहरुलाई शुक्रकिटको संख्या कमि र कम गुणस्तरको शुक्रकिट जस्ता समस्याले दिन प्रतिदिन सताउँदै गइरहेको छ ।
यस्ता किसिमको समस्याको बढ्नुको पछाडी उनीहरुले लगाउने अन्टरवेर पनि एक प्रमुख कारण भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।
पुरुषका लागि ब्रीफ र बक्सर गरी दुइ किसिमका अन्डरवेर बजारमा उपलब्ध छन् । बक्सर अण्डरवेरको उत्पादन सन् १९२० बाट शुरु भएको हो । बक्सर सुरु भएको एक दशक पछि ब्रीफ अन्डरवेर बजारमा आयो । ब्रीफलाई सबैले मन पराए । किनकी यो अन्डरवेर लगाउदा फिटिङ हुन्छ । छालामा टाँसिन्छ । पुरुषहरुलाई बक्सरको तुलनामा ब्रीफ स्टाइलिस्ट लाग्न थाल्यो । तर चिकित्सकका अनुसार टाइट अन्डरवेर लगाउनु हुँदैन । बक्सर अन्डरवेर नै लगाउन चिकित्सकहरु सल्लाह दिन्छन् ।
शुक्रकिटको उत्पादन अण्डकोषबाट हुन्छ । यो एकदमै संवेदनशिल अंग हो । अण्डकोष ताममानबाट पनि प्रभावित हुन्छ । हाम्रो शरीरको आन्तरिक तापक्रम धेरै हुन्छ । तर अण्डकोषलाई स्वस्थ शुक्रकिट निर्माण गर्न शरीरको वास्तविक तापक्रम भन्दा २–४ डिग्री सेल्सियस कम तापमान हुनु आवश्यक छ । सायद यहि कारणले होला प्रकृतिले पुरुषको अण्डकोष शरीरबाहिर छुट्टै ठाउँ बनाइदिएको छ, ताकी अण्डकोष ठण्डा रहोस् । सृष्टिले मानिसलाई मात्र होइन अन्य जीवहरुलाई पनि यहि नियम लागु गरेको छ ।
यदि कसैले टाइट अन्डरवेर लगायो भने शरीरबाट निस्किने तापक्रमले अण्डकोष पनि ताताउछ । जसले गर्दा शुक्रकिटको उत्पादनमा ह्रास आउछ । खुकुलो अन्डरवेर लगायो भने शरीरको तापक्रमले असर गर्दैन । साथै बाहिरको हावा भित्र छिर्न पाउँछ । जसले तापमान स्थिर रहन्छ । यसले स्वस्थ शुक्रकिट उत्पादन गर्न मद्दत पु¥याउँछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्