Logo
|
Saturday 18th May 2024
Logo

epaper

सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणबिना नै स्वस्थ भएर शुक्रबार स्वदेश फर्कंदै

प्लाज्मा फेरेसिस प्रक्रिया सफलतापूर्वक सम्पन्न हुँदै गएकाले स्वदेश फर्कने कार्यक्रम तय



काठमाडौं । मिर्गौलासम्बन्धी समस्या देखिएर सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणबिना नै स्वस्थ भएर शुक्रबार स्वदेश फर्कंदै छन् । विगत एक सातादेखि मिर्गौलासम्बन्धी एन्टिबडी घटाउनका लागि थालिएको प्लाज्मा फेरेसिस प्रक्रिया सफलतापूर्वक सम्पन्न हुँदै गएकाले उनी स्वदेश फर्कने कार्यक्रम तय भएको हो ।
प्लाज्माफेरेसिस मिर्गौलासम्बन्धी एन्टिबडी घटाउने उपचार पद्धति हो । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार प्लाज्मा फेरेसिस प्रक्रियाबाट शरीरमा रहेको एन्टिबडी घटाउने उपचार प्रक्रिया सफलतापूर्वक अघि बढिरहेको छ । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एक–दुइ दिन आराम गरेर उपचारमा संलग्न चिकित्सकको सल्लाहनुसार नेपाल फर्किनुहुन्छ ।’

प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निष्कासन गर्न सात पटकसम्म प्लाज्मा फेरेसिसस गर्नुपर्ने उनका निजी चिकित्सकले बताएका थिए । प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निराकरणका लागि हालसम्म पाँचौंपटक प्लाज्मा फेरेसिस भइसकेको छ । बुधबार सातौंपटक प्लाज्मा फेरेसिस गरिने जनाइएको छ । उपचार प्रक्रिया सकिएलगत्तै प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषि काफ्लेका अनुसार प्लाज्मा फेरेसिस प्रक्रिया सफल हुँदै गएकाले उनको एन्टिबडी घट्ने र मिर्गौला स्वस्थ हुनेछ ।

डा. काफ्लेले भने, ‘रगतमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध तत्व बन्यो जसलाई एन्टिबडिज भनिन्छ, त्यो एन्टिबडिज नबढोस् भनेर उपचार भयो, बढेको एन्टिबडिज रगतबाट निकाल्ने प्रक्रियालाई प्लाज्मा फेरेसिस भनिन्छ सो कार्य भइरहेको छ ।’ उनले प्लाज्मा फेरेसिस प्रक्रिया सफल भएलगत्तै प्रधानमन्त्री पुरानै अवस्थामा फर्किने र पटकपटक पुनः गइरहनुनपर्ने बताए । ‘अब प्लाज्मा फेरेसिस प्रक्रिया पूर्ण रूपमा सफल हुनासाथ प्रधानमन्त्री पुरानै स्थितिमा फर्कनुहुन्छ र १० वर्षसम्म पनि मिर्गौला स्वस्थ रहन्छ र उहाँलाई केही हुँदैन,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेले राजधानीसँग भने ।

अब प्लाज्मा फेरेसिस प्रक्रिया पूर्णरूपमा सफल हुनासाथ प्रधानमन्त्री पुरानै स्थितिमा फर्कनुहुन्छ, १० वर्षसम्म पनि मिर्गौला स्वस्थ रहन्छ र उहाँलाई केही हुँदैन ।’
ल प्रा.डा. ऋषि काफ्ले 
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ

 

करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि उनी यसअघि १८ साउनमा सिंगापुर गएका थिए । उनले १८ साउनदेखि २७ साउनसम्म सिंगापुरमा उपचार गराएका थिए ।
उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिनुपर्ने चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली पुनः ५ भदौमा सिंगापुर पुगेका थिए । व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानी गर्ने तŒवलाई एन्टिबडी भनिन्छ ।

नेपालमा छैन प्लाज्मा फेरेसिस मेसिन

नेपालमा हाल कुनै पनि अस्पतालमा प्लाज्मा फेरेसिस मेसिन छैन त्यसैले प्रधानमन्त्री सो मेसिनबाट गरिने अत्याधुनिक उपचारका लागि सिंगापुर जानुपर्ने अवस्था आएको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए । तर, हेमोडायलोसिस मेसिनबाट प्लाज्मा फेरेसिस गरिँदै आइएको छ ।यो पद्धति निकै महँगो हुने मिर्गौला रोग विशेषज्ञ बताउँछन् । मेसिन भए पनि आवश्यक पर्ने सामग्री र पद्धति महँगो छ । नेपालमा प्लाज्मा फेरेसिस गर्न एकपटकको ७० हजार रुपैयाँ लाग्ने गरेको छ ।

नेपालमा उपचार पद्धति महँगो भएकाले मिर्गौलापीडीत मारमा पर्ने गरेका छन् । सरकारले प्लाज्मा फेरेसिस मेसिनमा भन्सार नलगाए सो मेसिन नेपाल भित्रिन सक्ने र उपचार नेपालमै सहज र सम्भव हुने सम्बद्ध चिकित्सकको भनाइ छ ।
हाल हेमोडायलोसिस मेसिन भिœयाउँदा सरकारले भन्सार शुल्क लिँदैन । नेपालमा प्लाज्मा फेरेसिस मेसिन नहुँदा प्रधानमन्त्री ओली सिंगापुर गएका हुन् । अस्पतालका अनुसार प्लाज्मा फेरेसिस मेसिनको मूल्य ८० लाख रुपैयाँसम्म पर्ने राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्