Logo
|
Tuesday 21st May 2024
Logo

epaper

किन डोल्पा अस्पतालको एम्बुलेन्स सुर्खेतमा थन्कियो ?



जिल्ला अस्पताल डोल्पाले खरिद गरेको एम्बुलेन्स सुर्खेतमै थन्किएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको बजेटमा खरिद गरिएको एम्बुलेन्स ढुवानी भाडा नभएपछि सुर्खेतमै थन्किएको हो ।

एम्बुलेन्स खरिदका लागि मन्त्रालयले पन्ध्र लाख वछुट्याएको थियो । १२ डोजर खरिद गरिएको हो । ‘बाँकी तीन लाख बजेट फ्रिज भएपछि डोल्पासम्म पुर्‍याउन भाडा अभाव भयो,’ जिल्ला अस्पताल डोल्पाका प्रमुख सिजन रावलले भने, ‘डोल्पा पुर्‍याउने ढुवानी रकम जुटाउन मन्त्रालयमा पहल गरिरहेका छौँ, तर बजेट प्राप्त भएको छैन ।

भाडाको चाँजोपाँजो भए हेलिकोप्टर वा सडक मार्गको माध्यमले तत्कालै एम्बुलेन्स डोल्पा लगिने उनले बताए । एम्बुलेन्स खरिद भएर सुर्खेत पुगेको तीन साता बितिसकेको छ । यस्तै, अवस्था रहे एम्बुलेन्स डोल्पा पुग्न अझै केही महिना कुर्नुपर्ने नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्