Logo
|
Sunday 27th October 2024
Logo

epaper

सरकारले उपत्यकामा चल्ने सार्वजनिक यातायातबाट फोहोर फाल्नेलाई कडा कारबाही गर्ने कानुन ल्याउँदै

सार्वजनिक यातायातका साधनबाट फोहोर फाल्नेलाई ५ हजारसम्म जरिमाना गर्न प्रस्ताव



सरकारले उपत्यकामा चल्ने सार्वजनिक यातायातबाट फोहोर फाल्नेलाई कडा कारबाही गर्ने उद्देश्यसहित नयाँ कानुन ल्याउन लागेको छ । संसद्मा छलफलमा रहेको काठमाडांै उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सार्वजनिक यातायातका साधनबाट फोहोर फाल्नेलाई ५ हजारसम्म जरिमाना गर्न प्रस्ताव गरिएको हो । यस्तो कानुन आउनु स्वागतयोग्य हो, तर अब सरकारले सार्वजनिक यातायातबाट मात्रै होइन घरका तलातलाबाट फोहोर फालेर असभ्यता प्रदर्शन गर्नेहरूमाथि पनि कडा कारबाही गर्ने कानुन ल्याउनुपर्छ ।

काठमाडांै महानगरपालिकालगायत देशभरका अन्य महानगरपालिका, नगरपालिका र गाउँपालिकाले पनि जथाभावी फोहोर फाल्नेलाई ठाउँका ठाउँ कारबाही गर्न आवश्यक कानुन निर्माण गरी त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ ।
विशेषगरी लामो समयदेखि काठमाडांै उपत्यका फोहोरको डंगुरले ग्रसित हँुदै आइरहेको छ । काठमाडौं महानगरले विगतमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्ने बताउँदै आए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेको छैन । त्यसैले, पनि काठमाडांै उपत्यकामा यत्रतत्र फोहोरको रास देखिने गरेको छ । जथाभावी फोहोर फाल्दा त्यसले जनस्वास्थ्यमा गम्भीर असर पार्छ भने सहरको शोभा पनि हराउँदै जान्छ । काठमाडांै उपत्यकालगायत देशका प्रमुख सहरमा समेत हैजा, टाइफाइड, मलेरिया, इन्सेफ्लाइटिस, ढेंगुजस्ता घातक रोगहरू फैलने क्रम पछिल्ला वर्ष बढ्न थालेको छ । जथाभावी फोहोर फाल्दा रोगको संक्रमण फैलाउने भाइरस तथा लामखुट्टे सक्रिय हुन पुग्ने र त्यसले गम्भीर खालका स्वास्थ्य समस्यासमेत सिर्जना गरिरहेको छ । त्यसैले नगरपालिकाले स्वास्थ्यसम्बन्धी अभियानलाई पनि निरन्तर रूपमा अगाडि बढाउनुपर्छ ।
गाडीबाट फोहोर फाल्ने प्रवृत्ति खतरनाक हो त्यसैले कानुन बन्नुभन्दा अघिदेखि नै गाडीबाट फोहोर फालेर सहरलाई विकृत बनाउने प्रवृत्तिका विरुद्ध सशक्त अभियान थाल्नुपर्छ । गाडी सञ्चालकले अब गाडीभित्र नै फोहोर राख्ने ससाना कन्टेनरको व्यवस्था गर्नुपर्छ ।

संसद्मा पेस गरिएको विधेयकमा सार्वजनिक यातायातका साधनमा यात्रुसँग अमर्यादित भाषा प्रयोग गर्ने चालक तथा सहचालकलाई पनि ५ हजार रुपैयाँसम्म जरिमाना गर्ने गरी प्रस्ताव गरिएको छ । अहिले धेरैजसो सार्वजनिक यातायातका साधनका सहचालाकले यात्रुलाई गर्ने व्यवहार राम्रो छैन । चालक तथा सहचालकले विभिन्न बहानामा सर्वसाधारणसँग आवश्यकभन्दा बढी रकमसमेत असुल्ने प्रयास गरिरहेका हुन्छन् । त्यसरी, यात्रुसँग बढी रकम असुल्नेमाथि पनि कडा कारबाही हुने गरी कानुनी व्यवस्था गरिनुपर्छ । हामीकहाँ ऐन नियम र कानुनको खासै कमी छैन । विगतमा पनि यस प्रकारका धेरै नियम बनाइएका हुन्, तर त्यसरी बनाइएका धेरै नियम कानुन अक्षरशः लागू हुन सकेनन् । जसका कारण जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोकिनुको साटो बढ्दै जान थालेको हो । सबैभन्दा ठूलो विषय भनेकै व्यक्तिको
नैतिकता , इमानदारीता र राज्यप्रतिको उत्तरदायित्वको हो । सबै समस्याको समाधान राज्यले नै गरिदिनुपर्छ भनेर राज्यको मात्रै मुख ताक्नुहुँदैन । सबै नागरिकले राज्यलाई सहयोग गर्नु आफ्नो कर्तव्य पनि हो भनेर सोहीअनुसार अघि बढ्न सके भने धेरै समस्या समाधान हुन सक्छ ।
सरकारले पनि आवश्यकताअनुसार नयाँ कानुन बनाउनुका साथै भएका ऐन नियमको सशक्त कार्यान्वयन गर्दै जानुपर्छ । फोहोर फाल्नेलाई कारबाही गर्ने र यातायातका साधनभित्रै यात्रुलाई दुव्र्यवहार गर्नेमाथि कारबाही गर्ने गरी ल्याउन लागिएको विधेयकले छिट्टै कानुनी मान्यता पाउनुपर्छ र त्यसको सशक्त कार्यान्वयन गरिनुपर्छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्