Logo
|
Sunday 19th May 2024
Logo

epaper

सिन्धुपाल्चोकमा डेङ्गुको सक्रमण : एक जनाको मृत्यु



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा डेङ्गु रोग लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका १२ का ६५ वर्षीय रामबहादुर दुनवार रहेका छन् ।

ज्वरो आएर बिरामी भएपछि उनलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो । धुलिखेलमा उपचार हुन नसकेपछि उनलाई उपचारको लागि काठमाडौँको भेनस अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार दनुवारको निधन भएको वडा अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए ।

तराई क्षेत्रमा मात्रै देखिने यस्तो रोग पहाडी जिल्लामा पनि आएपछि स्थानीय चिन्तित भएका छन् । डेङ्गु रोग लागेर यस अघि सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ ठोकर्पाका ३० वर्षीय टंक न्यौपाने विरामी भएका थिए । न्यौपानेको अहिले काठमाडाैँमा उपचार भइरहेको उनका आफन्त चित्र सापकोटाले जानकारी दिए ।

भिमटार क्षेत्रमा डेङ्गु रोग देखिएपछि स्वास्थ्यकर्मी सहितको टोली त्यसतर्फ लागेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । स्थानीय सरकारको तर्फबाट पनि स्वास्थ्य टोली भिमटार पुगेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङले जानकारी दिए ।राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्