Logo
|
Saturday 18th May 2024
Logo

epaper

भक्तपुर रेडक्रसमा दक्ष स्वयंसेवकको संख्या १४ हजार बढी



भक्तपुर : नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासँग प्राथमिक उपचार, खोज तथा उद्धार, आवास, खानेपानी तथा सरसफाइ, शव व्यवस्थापन गर्ने दक्ष स्वयंसेवकको संख्या १४ हजारभन्दा बढी पुगेको छ ।

भक्तपुर रेडक्रसका सभापति मनोजकुमार थापाले जिल्लामा विपद्को क्रममा आवश्यक पर्ने १४ हजारभन्दा बढी दक्ष स्वयंसेवक तयार गरिसकेको जानकारी दिएका हुन् ।
नेपाल रेडक्रस सोसाइटीको बिहीबार परेको ५७औं स्थापना दिवसको अवसरमा भक्तपुरमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा भक्तपुर जिल्ला शाखाले विपद्का बेला तत्काल गर्नुपर्ने सम्पूर्ण कामको लागि भक्तपुर रेडक्रसले १४ हजारभन्दा बढीलाई तालिम दिएको हो ।

जिल्ला सभापति थापाका अनुसार भक्तपुरका जिल्लास्तरका मात्रै नभएर रेडक्रसका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका स्वयंसेवक समेत छन् । रेडक्रसले विपद्को क्षेत्रसँगै भक्तपुरमा पाँचवटा एम्बुलेन्स र एउटा शव वाहन सञ्चालन गर्दैआएको छ । यस्तै भक्तपुर रेडक्रससँग दुई हजार पाँच सय घरपरिवारलाई पुग्ने राहत सामग्री भण्डारण छ । भक्तपुर शाखाले रक्तसञ्चार सेवासमेत सञ्चालन गर्दैआएको छ ।अन्नपूर्णपोष्टमा ईश्वरकाजी खाइजूले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्