Logo
|
Sunday 19th May 2024
Logo

epaper

आईओएमको एमबीबीएस प्रवेश परीक्षा रोक्न सर्बोच्च अदालतको आदेश



सर्बोच्च अदालतले भोलि हुने तयारीमा रहेको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान आईओएम अन्तरर्गतको एमबीबीएस तहको प्रवेश परीक्षा सञ्चालन नगर्न त्रिविका नाममा अन्तरिम आदेश दिएको छ ।

सर्बोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भोलि हुने भनिएको प्रवेश परीक्षा स्थगित गरी आगामी २५ भदौमा छलफलका लागि आउन विपक्षीका नाममा आदेश दिएको छ ।

यसअघि चिकित्सा शिक्षा संघर्ष समितिका नाममा विद्यार्थीहरुले साझा प्रवेश परीक्षा हुनुपर्ने, ७५ प्रतिशत छात्रबृत्ति हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका थिए ।

महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियू सभापति डा मिलन गैरेले सर्बोच्चको आदेशसंगै त्रिविले चिकित्सा शिक्षा ऐनले प्रत्याभुत गरेका सबै व्यवस्था कार्यान्वयन गर्न सरकारलाई बाध्य पारेको प्रतिक्रिया दिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्