काठमाडौं कम्युनिटी हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर र दक्षिण बाराही समाज सुधार समितिको बृहत स्वास्थ्य शिविर, २ सयको परीक्षण, ५० जना महिलाको निःशुल्क प्यापस्मियर टेष्ट
ल्याब टेष्ट र भिडियो एक्सरे सेवामा १५ प्रतिशत, एक्सरेमा २५ प्रतिशत, इजिसीमा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट
जनस्वास्थ्य सरोकार, भाद्र २८ गते, भक्तपुर । काठमाडौं कम्युनिटी हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर र दक्षिण बाराही समाज सुधार समितिले भक्तपुरको दधिकोटस्थित सेन्टर परिसरमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा २ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेर लाभ लिन सफल भएका छन् । त्यसमध्ये ५० जना महिलाको निःशुल्क प्यापस्मियर टेष्ट गरिएको थियो । बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा ल्याइएको सो निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, महिला तथा प्रशुति रोग, हाडजोर्नी तथा नसा रोग, बाल रोग, मधुमेह र क्यान्सर परीक्षण सेवा उपलब्ध गराइएको थियो । सो अवसरमा ब्लड सुगर, ब्लड प्रेसर, महिलाहरुको पाठेघर क्यान्सर सम्बन्धि प्याम स्मियर जाँच निःशुल्क गराइएको थियो । यसैगरी ल्याब टेष्ट र भिडियो एक्सरे सेवामा १५ प्रतिशत, एक्सरेमा २५ प्रतिशत, इजिसीमा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट गरिएको कार्यक्रमका संयोजक राजकुमार गौतमले बताउनुभयो ।