Logo
|
Sunday 27th October 2024
Logo

epaper

आईओएमका डीन प्रा.डा. जगदीश अग्रवालमाथि दुर्व्यवहार

म पत्रकार हुँ, तपाईंसँग कुराकानी गर्नु छ भन्दै कार्यालयमा प्रवेश गरेका व्यक्तिले एक्कासि कालो मसी छ्यापे



त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा. जगदीशप्रसाद अग्रवालमाथि दुर्व्यवहार भएको छ।

आफूलाई पत्रकार बताउने एक व्यक्तिले डा. अग्रवाललाई कालो मसी छ्यापेर दुर्व्यवहार गरेका हुन्। ‘म पत्रकार हुँ, तपाईंसँग कुराकानी गर्नु छ भन्दै कार्यालयमा प्रवेश गरेका व्यक्तिले एक्कासि कालो मसी छ्यापेर भागे’, डा अग्रवालले भने।

अन्तर्वार्ता लिनु छ भन्दै कोठामा प्रवेश गरेपछि केही नबाेली उनले मसी छ्यापेर हिँडेको डा अग्रवालले बताए।

डा अग्रवाललाई मसी छ्यापेर भाग्ने व्यक्तिको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्