Logo
|
Saturday 20th April 2024
Logo

epaper

विश्व मुटु दिवस २०१९: मेरो प्रतिज्ञा स्वस्थ्य मुटु, यसरी बन्न सक्छौं हामी हार्ट हिरो

कार्डियोभास्कुलर, मुटु रोग र मस्तिष्कघातबाट १७९००००० को मृत्यु



जनस्वस्थ्य सरोकार, असोज १२ गते, काठमाडौं। आज विश्वको नम्बर एक हत्यारा मुटु रोग भएको छ । जीवनमा केही साना परिवर्तनहरु गरेर, मुटु रोग र मस्तिष्कघातको जोखिम कम गर्न सकिन्छ र संभावित दुर्घटना कम गर्न सक्छौं । गुणस्तरीय जीवनयापनमा सुधार ल्याएर अर्को पुस्ताका लागि उदाहरण स्थापित गर्न सक्छौं । ‘अब म मेरो मुटु र तपाईंको मुटुको हेरचाह गर्न के गर्न सक्छु ?’ भनेर सबैलाई बताउनुपर्ने बेला आएको छ । यसका लागि प्रतिज्ञा नै गर्नुपर्छ किनभने प्रत्येक मुटुको धड्कनमा जीवन अडेको छ । कार्डियोभास्कुलर, मुटु रोग र मस्तिष्कघातबाट विश्वमा हरेक वर्ष १ करोड ७९ लाखको ज्यान गइरहेको वल्र्ड हार्ट फाउन्डेसनले जनाएको छ । मेरो, तपाईंको र हामी सबैको स्वस्थ्य मुटुको प्रतिज्ञा गरौं । तपाईंको मुटुको हेरचाह गर्नु भनेको साना तर अर्थपूर्ण कार्यहरु गर्नु हो । सन्तुलित आहार खाने, नियमित व्यायाम गर्ने, मदिरा सेवन कम गर्ने, धुम्रपान छोड्ने प्रतिज्ञा गर्नुहोस् । यो प्रतिज्ञाले तपाईंलाई स्वस्थ्य मात्र बनाउँदैन, तपाईंको जीवनको सम्पूर्ण आनन्द उठाउन सक्षम बनाउँछ । कार्डियोभास्कुलर डिजिज संसारमा मृत्यु र अपांगता गराउने प्रमुख कारण हो । संसारमा हुने मृत्युमध्ये एक तिहाइको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । यसमा करिब ८५ प्रतिशत मृत्यु मुटुरोग एवं मस्तिष्कघातका कारण हुने गर्छ ।
शरीरका हरेक भाग चलायमान राख्न मुटुले काम गर्छ । मुटुको आधारभूत काम रगत शरीरभर पु¥याउने हो । शरीरको हरेक कोषमा रगत मार्फत अक्सिजन पुग्छ । अक्सिजनले मात्र शरीरका हरेक कोष जिवित रहन्छन् ।

तर सन् २०१९ मा पुग्दा विश्वमा एक वर्षको अवधिमा कार्डियोभास्कुलर, मुटु रोग र मस्तिष्कघातका कारण १ करोड ७९ लाखको मृत्यु भएको वल्र्ड हार्ट फाउन्डेसनको पछिल्लो तथ्यांकले देखाउँछ । यो संख्या बर्षेनी बढिरहेको छ । सन् २०१८ मा एक वर्षको अवधिमा १ करोड ७५ लाखको मृत्यु भएको थियो । यो तथ्यांकलाई विश्लेषण गर्दा एक वर्षमा कार्डियोभास्कुलर, मुटु रोग र मस्तिष्कघातबाट मर्नेको संख्या ४ लाख बढी थपिएका छन् । यसरी मुटु रोग बढ्दै गएमा सन् २०३० सम्ममा यो रोगबाट मृत्यु हुनेको संख्या बढेर २ करोड ३० लाख सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

मुटु रोगलाई पहिलो नम्बरको हत्यारा रोगको रुपमा लिइएको छ । हाम्रो देशमा पनि बढ्दो शहरीकरण, अस्वस्थकर जीवनशैली आदिका कारण मुटु तथा रक्तनलीजन्य रोगहरु भयावह बन्दै गएको छ । कतिपय मुटुरोगहरु गम्भीर प्रकारका हुन्छन् र तुरुन्तै मृत्यु समेत गराउन सक्छ । यहि तथ्यलाई मध्यनजर गर्दै बिश्व स्वास्थ्य संगठनको अगुवाइमा सन् २००० देखि विभिन्न नाराका साथ हरेक वर्ष सेप्टेम्बर २९ तारेखका दिन विश्व मुटु दिवश मनाउन थालिएको छ । मुटुरोगको उपचार खर्चिलो र जटिल छ । तर रोगबाट बच्ने उपायहरु सस्तो, सजिलो र सुलभ छन् ।
मेरो प्रतिज्ञा स्वस्थ्य मुटु’


यस वर्ष (सन् २०१९) मा विश्व मुटु दिवसमा मुटु स्वास्थ्यको समान सुनिश्चितता गर्न विश्व समुदायसँग हार्ट हिरोको रुपमा आफूलाई प्रस्तुत गर्न वल्र्ड हार्ट फाउन्डेसनले आव्हान गरेको छ । जीवनको हरेक पाइलामा स्वस्थ्य मुटुको प्रतिज्ञा गरेर दीर्घजीवी बन्ने अभिनय गर्नसमेत सल्लाह दिएको छ । यस वर्षको नारा हो—‘मेरो प्रतिज्ञा स्वस्थ्य मुटु’ । यद्यपी हाम्रा साथी, परिवार, बिरामी, मजदुर सबैका लागि प्रतिज्ञा गरेर हामी सबै हार्ट हिरो बन्न सक्छौं ।
प्रतिज्ञा नं. १


परिवारले स्वस्थ्य खाना पकाएर खान प्रतिज्ञा गर्ने
प्रतिज्ञा नं.२


अभिभावकहरुले आफ्नो बच्चाहरुलाई स्वस्थ्य राख्न अधिक व्यायाम र सक्रिय रहन मद्धत गर्ने, उनीहरुलाई धुम्रपान नगर्न सल्लाह दिने, आफ्ना प्रीयजनहरुलाई कुलतबाट टाढा रहन मद्धत गर्ने
प्रतिज्ञा नं.३

एउटा स्वास्थ्यकर्मीकोले बिरामीहरुलाई धुम्रपान त्याग्न र उनीहरुको कोलस्टेरोल न्युनिकरणमा आवश्यक सरसल्लाह दिएर प्रतिज्ञा गर्ने
प्रतिज्ञा नं.४


स्वस्थ्य मुटु बढावा दिने खालका नीति बनाउने अभियानमा आफूलाई उभ्याउने वाचा गर्ने
प्रतिज्ञा नं. ५


स्वस्थ्य मुटु राख्ने कार्यस्थलहरुको निर्माणमा योगदान दिन प्रतिज्ञा गर्ने

प्रतिक्रिया दिनुहोस्