Logo
|
Sunday 27th October 2024
Logo

epaper

चितवन मेडिकल कलेजका विद्यार्थी र अभिभावकले दिए २४ घण्टे अल्टिमेटम, सहमति कार्यान्वयन नगरे पुन: आन्दोलन गर्ने चेतावनी



 

चितवन — आन्दाेलनरत पक्षसँग भएकाे सहमति अनुरूप चितवन मेडिकल कलेजले काम नगरेकाे भन्दै विद्यार्थी अभिभावकले फेरि आन्दाेलनकाे चेतावनी दिएका छन् । सहमति अनुसार मेडिकल कलेजले विद्यार्थीबाट लिएकाे अतिरिक्त शुल्ककाे भर्पाइ र प्रतिवेदन असाेज १० गतेभित्र दिनु पर्दथ्याे ।

चितवन मेडिकल कलेजका शिक्षण विभाग तर्फका प्रसाशक अरूण काेइरालाले काम सक्न समय लागेकाे बताए । ‘काम गर्छाैं । केही समय लाग्ला । हामी काम सक्छाैं । प्रतिवेदन पनि दिन्छाैं,’ प्रसाशक काेइरालाले भने ।मिति कटे पनि भर्पाइ नपाएकाे भन्दै साेमबार बिहान ११ बजेभित्र भर्पाइ नदिए आन्दाेलन गर्ने विद्यार्थी र अभिभावक समितिकाे अल्टीमेटम छ । चिकित्सा शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिले आइतबार संयुक्त विज्ञप्ती निकालेर यस्ताे चेतावनी दिएका हुन् ।

चितवन मेडिकल कलेजले एमबीबीएससहितका विद्यार्थीबाट सरकारले ताेकेकाेभन्दा पाँचदेखि २० लाख रूपैयाँसम्म बढी शुल्क लिएकाे भन्दै विद्यार्थीले आन्दाेलन गरेका थिए । भदाै १५ देखि विद्यार्थी सडकमै ओर्लेका थिए ।

विद्यार्थी, अभिभावक र कलेज प्रतिनिधिबीच भदाैं २६ मा चितवन जिल्ला प्रशासनमा बार्ता भएकाे थियाे । जसमा कात्तिक १८ सम्म बढी लिएकाे शुल्क फिर्ता गर्ने र असाेज १० भित्र बढी लिएकाे शुल्क बारे प्रतिवेदन तयार गर्ने र भर्पाइ पनि दिने उल्लेख छ ।

कलेजले सरकारले ताेकेकाे भन्दा बढी शुल्क लिए पनि कुनै पनि खालकाे विल भर्पाइ नदिएकाे विद्यार्थी अभिभावकले बताउने गरेका छन् ।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्