Logo
|
Sunday 27th October 2024
Logo

epaper

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना



काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका छन् । शाक्यलाई डेंगुको संक्रमण भएको आशंका गरिएको छ । शाक्यलाई बिहीबार बिहानदेखि त्रिपुरेश्वरस्थित ब्लु–क्रस अस्पतालमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

‘मेयर शाक्यलाई ज्वरोलगायत डेंगुका केही लक्षण देखिएका छन्,’ अस्पताल स्रोतले भन्यो, ‘परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।’ उनको उपचारमा डा. खगेन्द्रबहादुर श्रेष्ठ र डा. त्रिलोकीनाथ गुप्तालगायतको चिकित्सक टोली खटिएको बताइएको छ । यद्यपि मेयर शाक्यको सचिवालय तथा परिवारजनले भने यस विषयमा केही जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्