को बन्ला त्रिभुवन विश्वविद्यालयको उपकूलपति ?
डा. धर्मकान्त बाँस्कोटा, डा. भगवान कोइराला र चन्द्रमणि पौडेलको नाम सिफारिस
जनस्वास्थ्य सरोकार, असोज १७ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस गर्नुभएको छ । उहाँले डा. धर्मकान्त बाँस्कोटा, डा. भगवान कोइराला र चन्द्रमणि पौडेलको नाम त्रिवि उपकूलपतिका लागि सिफारिस गर्नुभएको हो ।सिफारिस गरिएको नाम हिजो नै त्रिवि कूलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार बुझाइसकेको जानकारी दिनुभयो । कूलपतिले सिफासिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपतिका लागि चयन गरिनेछ । तीर्थ खनियाँको अवकाश भएपछि त्रिविमा उपकूलपति पद खाली छ। सिफारिस गरिएका नाम निकै अघिदेखि चर्चामा रहेका नाम हुन्। शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा नाम सिफारिस गर्न सर्च कमिटी गठन गरिएको थियो।