नेपालमा पहिलो पटक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा ‘आर्टिष्ट जी बाइ प्लेन क्याथ’ जडान हुँदै
पूरा हुने भो प्रा.डा. देवकोटाको अधुरो सपना
सुदिप थापा, एप्लिकेसन स्पेशलिष्ट इष्टवेष्ट कन्सर्न प्रा.लि. । वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटालाई हस्पिटलमा ‘बाई प्लेन क्याथ’ राख्ने ठूलो रहर थियो । उहाँको अधुरो सपना पूरा गर्न अहिले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा नेपालमा नै पहिलोपटक ‘आर्टिष्ट जी बाइ प्लेन क्याथ’ जडान हुँदैछ । यो मेसिन इष्ट वेष्ट कन्सर्न प्रा.लि. ले नेपाल भित्र्याउँदैछ ।
सिमेन्स कम्पनिको मोडल आर्टिष्ट जी बाई प्लेन क्याथमा दुई वटा एक्सरे ट्युव र दुईवटा डिटेक्टर हुन्छ । यो मोडलको क्याथमा फ्लोर र सिलिङ माउन्टको डबल सिस्टम हुन्छ । फ्लोर माउन्ट भनेको भुईंमा राख्ने सिस्टम हो भने सिलिङ माउन्ट भनेको सिलिङमा झुन्ड्याएर क्याथ सेवा उपलब्ध गराउने सिस्टम हो । न्युरो भास्कुलर सेन्टरहरुमा बाइ प्लेन क्याथ राखिएको हुन्छ । यो इन्टरभेन्सनल रेडियोलोजी सेवामा निकै प्रयोगमा आउने गर्छ । तर नेपालमा सिंगल प्लेन क्याथबाट सेवा उपलब्ध हुँदै आएको छ । फ्लोर र सिलिङ माउन्टमा सिंगल मोनो प्लेन हुन्छ जसमा एउटा एक्सरे ट्युब र एउटा डिटेक्टर हुन्छ ।
क्याथमा बन्द भएको रक्तनली खुलाउने र प्वाल परेको भाग बन्द गराइन्छ । पक्षघात भएर ६ घण्टाभित्र आएमा ब्रेनका टिस्यु बचाउन सकिन्छ र बिरामीलाई प्यारालाईसिस हुनबाट बचाउन सकिन्छ । यसलाई गोल्डेन विन्डो भनिन्छ । स्ट्रोक भएर मस्तिष्कमा समस्या देखिएमा तुरुन्त रगतलाई पातलो बनाउने औषधि दिने वा जमेको रगतलाई तानेर सफा गर्नसकेमा बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । कार्डियोलोजीको तुलनामा न्युरो भास्कुलर क्याथको क्यामरा डिटेक्टरको साइज अलि ठूलो आवश्यक पर्छ ।
आर्टिष्ट जी वाइ प्लेनका दुईवटै क्यामरा ठूलो साइजका हुन्छन् । मोनो क्याथ ल्याबमा सिंगल ट्युब र सिंगल डिटेक्टर हुन्छ । तर वाइ प्लेनमा डबल ट्युब र डबल डिटेक्टर छ । अरु क्याथ ल्याबले एउटा प्लेनबाट मात्र इमेज क्याप्चर गर्छ भने यसले दुई वटा प्लेनबाट इमेज क्याप्चर गर्छ । त्यसैले यसको इमेजिङ क्षमता दोब्बर हुन्छ । बिरामीलाई दिनुपर्ने रेडिएसन डोज पनि कम हुन्छ । रगतको नली देखिन बिरामीलाई क्याथ ल्याबमा प्रयोग हुने कन्ट्राष्ट मिडियम (डाइ) रगतको नलीमा सोझै पठाइन्छ । एकपटक दुवै प्लेनमा देखिएपछि अर्को प्लेनमा दिन आवश्यकता पर्दैन । सिंगल प्लेन भएको क्याथ ल्याब सिस्टममा एउटा प्लेनमा हेरेपछि फेरि अर्को प्लेनमा हेर्नुपरेमा पुन अर्को इन्जेक्सन आवश्यक पर्छ । वाइ प्लेनमा रेडिएसन डोज र कन्ट्राष्ट मिडिया कम हुन्छ । यसबाट समयमा रोग पहिचान गर्न सकिन्छ । कुनै समस्या देखिएमा तुरुन्त इन्टरभेन्सन गरेर बन्द भएको रक्तनली पुन सञ्चालनमा ल्याउनुपर्छ । यसले समयमा समस्या पहिचान गरी बिरामीको ज्यान जोगाउन सकिन्छ । सिंगल प्लेन भन्दा वाइ प्लेनबाट लिने थ्री डी तस्बिर चाँडै उपलब्ध हुन्छ ।
क्याथ ल्याब के हो ?
क्याथ ल्याब भनेको एउटा स्थिर सिआम हो जुन एउटा कोठामा स्थिर हुन्छ । क्याथ ल्याबमा रगतको नलीबाट क्याथेटर छिराएर मुटुसम्म पुगेर मुटुको नली ठीक भएनभएको जाँच गर्ने, मुटुको विभिन्न अध्ययनहरु गर्ने, बन्द भएको रगतको नली खुलाउने जस्ता प्रोस्युडर गरिन्छ । यदि मुटुको चालमा गडबडी भएमा व्याट्री (पेसमेकर) राखिन्छ । क्याथले कसरी समस्या पहिचान गर्छ ? भन्ने प्रश्न धेरैलाई जिज्ञासा हुनसक्छ । विगतमा हृदयघात भएपछि हस्पिटलमा छाति चिरेर मुटुको बन्द भएको नलीलाई अरु नलीसँग जोडेर मुटुको रक्तनलीहरु सञ्चालन ल्याउनु पर्दथ्यो । यसबाट पोष्ट कम्प्लिकेसन आउनसक्ने सम्भावना हुन्थ्यो । अहिले चिर्नुपर्दैन । केवल क्याथ ल्याबमा हात वा खुट्टाको रगतको नलीबाट क्याथेटर छिराएर बन्द भएको रगतको नली सफा गरेर जाली राखेपछि फेरि रगतको नली पुनस्र्थापना गरिन्छ । यसबाट आजको आजै बिरामी घर जानसक्छ । क्याथको काम नसा सफा गर्ने हो । यसका साथै क्याथमा मुटुको मात्र नभई बन्द र फुटेका गोडा, मस्तिष्क र पेटका नसा खुलाउने र रिपेयर गरिन्छ । यसबाट पक्षघातलगायतका जोखिमबाट व्यक्तिलाई बचाउन मद्धत गर्छ । बन्द भएको रगत नली खुलाउने, फुटेको नसालाई बन्द गरेर रक्तसञ्चारलाई सहज बनाउने, गडबडी भएको मुटुको चाल पेशमेकर राखेर स्थिर बनाउने काम क्याथ ल्याबमा गरिन्छ । क्याथ ल्याब कार्डियोलोजी, रेडियोलोजी, ग्याँस्ट्रो, न्युरोलगायतका धेरै विधामा प्रयोग गरिन्छ ।
क्लिनिकल डायग्नोष्टिक र उपचारका प्रविधि हाम्रो देशमा नबन्ने भएकाले विदेशबाट आयात गर्नुपर्छ । बाहिरबाट आयात गर्नुपर्ने यस्ता प्रविधिहरुमा विश्वव्यापी स्टैण्डर्ड प्रोटोकलहरु प्रयोग गरिएको हुन्छ । सिटी र एमआरआई जस्ता उपकरणहरु उच्च डाइग्नोष्टिक उद्देश्यका लागि प्रयोग हुने भएकाले स्क्यानिङ, फ्रेमिङ, डकुमेन्टेसन, पोष्ट प्रोसेसिङ, प्रोपर युटिलाइजेसन, सिस्टम फेलियर हुन नदिने तरिका लगायत आधारभूत समस्याहरु समाधान गर्ने तरिका एप्लिकेसन स्पेशलिष्टले सिकाउने गर्छन् ।