Logo
|
Sunday 27th October 2024
Logo

epaper

विश्व बाथरोग दिवस २०१९ः ‘डन्ट डिले कनेक्ट टुडे’

 नेशनल बाथरोग सेन्टरले वाथरोग जागरणमा वर्षभरि नै सस्त्र अभियान गर्दै



जनस्वास्थ्य सरोकार, २५ असोज । वाथरोग निवारणको लागि विश्वभर नै जागरण अभियान स्वरुप हरेक वर्ष १२ अक्टोवरमा विश्व बाथरोग दिवस मनाउने गरिन्छ । यस वर्ष २०१९ मा पनि ‘डन्ट डिले कनेक्ट टुडे’ अर्थात ‘ढिलो नगर्नुस् आजै सम्पर्कमा आउनुस्’ भन्ने मुल नाराका साथ विश्वभर बाथरोग दिवस मनाइएको छ । नेपालमा पनि बद्रितिर्थ आथ्र्राराटिस समाज र नेशनल वाथरोग सेन्टरको संयुक्त आयोजनामा बाथरोग दिवस मनाइएको छ ।
‘सन् २०१२ देखि सुुन्धाराको धरहराबाट बाथरोग सम्बन्धि जनचेतनामुलक पोस्टर प्रदर्शन गरेर सुरु गरेको बाथरोग जागरण अभियान हरेक वर्ष १२ अक्टोबर कै दिनमा कुनै न कुनै ठाँउमा विभिन्न जनचेतना मुलक कार्यक्रम जस्तैः निशुल्क स्वास्थ शिविर लगायत मोटरसाइकल ¥याली, वाकाथोन, फोटो प्रर्दशन गरेर हामीले बाथरोग जागरण अभियानलाई निरन्तरता नै दिरहेका छौ ।’— नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले भन्नुभयो—‘यस वर्ष वाथरोग दिवस हाम्रो विजया दशमीको पावन अवसरमा परेको हुनाले हामीले समछिप्त क्रायक्रम गर्ने योजना बनाएका छौ । हामीले यस वर्ष बाथरोग जागरण अभियानलाई निरन्तरता दिने क्रममा एक दिन मात्र नभएर वर्ष भरिनै हामी बाथ रोग जागरणका सस्त्र अभियानहरु गर्न गइरहेका छौ ।’
‘यो वर्ष नेपालको विभिन्न ठाँउहरुमा २१ वटा निशुल्क स्वास्थ शिविर, १२ वटा सिएमई सञ्चालन गनेछौ । काठमाण्डौ बाहिरको विभिन्न जिल्लाहरुको स्वास्थकर्मीहरुलाई एकदिनको बाथरोग सम्बन्धि तालिमहरु गछौ र त्यही अभियान अन्तर्गत हामी हरेक महिना एउटा वेभ वेस्ड ट्रेनिङ काठमाण्डौ बाहिरका जिल्लाहरुमा गर्ने योजना छ ।‘— प्रबन्ध निर्देशक कक्षपतिले भन्नुभयो—‘यस योजनाले काठमाण्डौ बाहिरको विभिन्न जिल्लाहरु जहाँ बाथ रोगको जनशक्तिको अभाव छन् त्यहाँ बाथरोगका बिरामीहरुले उपचार पाउने छन् ।’
यति धेरे बाथरोग जागरणका अभियानहरु भएपनि ग्रसीत जनंसख्या मध्य ५ ५ मात्र उपचारको पहुचमा छन् । यसका मुख्य कारणहरु भनेको मानिसमा जनचेतनाको अभाव हो । त्यसैगरी सहकारी निकायमा बाथरोगको उपचारको विभाग नै नहुनाले पनि भेरै बिरामीहरु उपचारको पहुँचबाट टाढा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्