Logo
|
Sunday 27th October 2024
Logo

epaper

कस्तो अवस्थामा शल्यक्रिया गर्ने ?




मुटु शरीरको जटिल संरचनाबाट बनेको एउटा अंग हो । मुटुका सबै रोगमा शल्यक्रियाको जरुरत पर्दैन । मुटु रोगीका लागि औषधि सेवन र शल्यक्रिया भन्ने कुरा रोगको प्रकृतिमा निर्भर हुन्छ । तीन मिनेट भन्दा बढी मुटु नचलेको अवस्थामा मस्तिष्कमा रगत सञ्चालन नपुगेर मानिसको मृत्यू हुन्छ ।

मुटु सर्जनले मुटु शल्यक्रियाको दौरानमा मुटु बन्द गराएर बैकल्पिक मुटु र फोक्सोको काम गर्ने (हार्ट लङ) मेसिनमा राखेर मुटु र फोक्सोबाहेकका अन्य सबै अंगहरुमा रगत सञ्चार गराएर मुटुभित्र गर्नुपर्ने सबैकाम सकेपछि फेरि मुटु चलाउनुपर्छ । त्यसैले यसमा धेरै जटिलता जोडिएको छ ।

मन लगाएर काम गर्दा गाह्रो भन्दा गाह्रो अवस्थाका बिरामी बचाउन सकिन्छ । बिरामी बचाएको जस्तो आनन्द अरु केहीबाट पाउन सकिँदो रहेनछ । बाथ मुटुरोगको अवस्था भए, मुटुको रक्तनली बन्द भएर चाँडै पत्ता लागेमा औषधि सेवनले फाइदा गर्छ । तर रोग बढेर भल्भ नराम्ररी बिग्रिएमा, मुटुका रक्तनली ६०–७० प्रतिशत भन्दा बढी बन्द भएमा, हिँड्दा धेरै छाति दुखेकामा शल्यक्रिया या एन्जियोप्लास्टीको जरुरत पर्नसक्छ ।

जन्मजात मुटु रोगलाई शल्यक्रियाको जरुरत पर्छ । जन्मजात मुटुका साना साना प्वालहरु कतिपयको आफैं टालिनसक्छन् । नटालिएमा खासै समस्या दिएको छैन एवं फोक्सोको प्रेसर बढाएको छैन भने त्यसलाई शल्यक्रिया गरिरहन आवश्यक हुँदैन ।

मुख्यतया मुटुको भल्वको रोग, मुटुको रगतको नलीहरुमा अवरोध भएर हुने कोरोनरी आर्टरी डिजिजमा वाइपास सर्जरी र बच्चाहरुमा जन्मजात हुने रोग कन्जिनाइटल हार्ट डिजिजमा शल्यक्रियाको जरुरत पर्छ ।


(डा. शर्मा ह्याम्स हस्पिटलमा कार्यकारी निर्देशक तथा चिफ कन्सल्यान्ट कार्डियाक सर्जन हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्