Logo
|
Sunday 27th October 2024
Logo

epaper

गोविन्द केसीले आज अवकास पाउँदै



काठमाडौं २७ असोज । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण आज अनिवार्य अवकाश पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत थिए। ६३ वर्षीया डा. केसीले आज सोमबारदेखि अवकाश पाउने अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए। यस अघि डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए। डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ रहेको छ। सोही आधारमा नै अस्पतालले सोमबारदेखि अवकाश पाउने छन्।

प्रतिक्रिया दिनुहोस्