Logo
|
Tuesday 24th December 2024
Logo

epaper

आज विश्व हात धुने दिवस: यस्ता छन् हात धुने सरल तरिका

सन्दर्भः विश्व हात धुने दिवस




जनस्वास्थ्य सरोकार, काठमाडौँ असोज २८ । ‘सबैलाई स्वाच्छ हात दिऔँ’ भन्ने मुल नाराका साथ आज विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरेर विश्व हात धुने दिवस मनाइँदै छ । सन् २००८ अक्टोबर १५ तारिखदेखि यो दिवस मनाउन सुरु गरिएको हो । साबुन पानीले मिचीमिची हात धोए धेरै रोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशतले घटाउन सकिने चिकित्सहरुको भनाई छ ।
यस्तो अवस्थामा हात धुन जरुरी हुन्छ
शौचालय गएपछि र बच्चाको थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि ।
हात कसरी धुने ?
-सर्वप्रथम सफा पानीले हात भिजाउने।
-हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
-दुबै हत्केलालाई एकआपसमा दलेर औंलाका कापसम्म साबुन पूर्याउने
-यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने
-यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् ।
-धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
-सफा टावल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
-औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।
सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस् , किटाणुहरु सबैतिर छन् र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरुबाट जोगिनु नै बुद्धिमता होला ।

प्रतिक्रिया दिनुहोस्