Logo
|
Sunday 27th October 2024
Logo

epaper

अहेवको भरमा डडेल्धुरा अस्पताल 



डडेल्धुरा अस्पताल अहेबको भरमा सञ्चालन भइरहेको छ । उपक्षेत्रीय अस्पतालबाट स्तरवृद्धि भई संघीय सरकार मातहत आए पनि दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पताल अहेवको भरमा सञ्चालन भइरहेको छ ।

डडेल्धुरा अस्पतालमा कार्यरत डा. जीवन खरेल समायोजन भई मेडिकल कलेज भरतपुर चितवन गएका र निमित्त मेडिकल सुपरिटेन्डन डा. जितेन्द्र कँडेल सुत्केरी स्याहार बिदामा गएपछि डडेल्धुरा अस्पताल अहेवको भरमा पुगेको हो ।

चिकित्सक अभाव
सरकारले सात वर्षअघि टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई गाभेर उप–क्षेत्रीय अस्पताल घोषणा गरेको थियो । उप–क्षेत्रीय अस्पताल घोषणा भएदेखि नै अस्पतालमा चिकित्सक अभाव हुन थालेको हो । अस्पतालबाट सामान्य उपचारसमेत पाउन छाडेको सर्वसाधारणको गुनासो छ । दरबन्दी अनुसारका चिकित्सक र दक्ष जनशक्ति नहुँदा डडेल्धुरालगायत सुदूरपश्चिमका सात जिल्लाका बिरामी उपचारका लागि कैलाली, कञ्चनपुर, नेपालगन्ज, काठमाडौं र भारतका अस्पताल पुग्न बाध्य छन् ।
फागुन ०७५ मा सरकारले देशका ५ अत्याधुनिक अस्पतालभित्र डडेल्धुरा अस्पताललाई पनि पारेको थियो ।

यसका लागि भौतिक संरचना पनि निर्माण भइरहेको छ । भौतिक संरचना निर्माणसँगै उपचार सेवा पनि अत्याधुनिक बनाउनुपर्ने स्थानीयको माग छ । डडेल्धुरा अस्पतालमा ४२ विशेषज्ञ चिकित्सक, दुई सयभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक छैनन्  ।

प्रसूति सेवा पनि बन्द 
अस्पताल डाक्टरविहीन भएपछि तीन प्रसूति सेवा पनि बन्द भएको छ  । मुेसु बिदामा बसेपछि अस्पतालको प्रसूति सेवा रोकिएको हो । यस अघि अस्पतालले २४ सै घण्टा प्रसूति सेवा दिँदै आएको थियो  । अस्पतालले सेवा दिन छाडेपछि सामान्य प्रसूतिका  लागि समेत स्थानीइ कैलालीका निजी अस्पताल तथा सेती अञ्चल अस्पतालमा धाउनुपर्ने बाध्यतामा छन् ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्