Logo
|
Sunday 27th October 2024
Logo

epaper

चोटपटक लागेर ट्रमा सेन्टर आउनेको सँख्या बढ्दो, आव २०७५/७६ मा ओपिडीमा आउनेको संख्या ७९ हजार २ सय



जनस्वास्थ्य सरोकार, काठमाडौँ ३० असोज । नेपालमा सवारी दुर्घटनाका कारण प्रत्यक दिन ५ देखि ७ जनाको मृत्यु हुने गरेकोे छ । ‘विश्व ट्रमा दिवस’को अवसरमा राष्ट्रिय ट्रमा सेन्टरमा आयोजना गरिएको कार्यक्रमका सो जानकारी दिइएको हो ।
काठमाडौँ उपत्यकामा साउन र भदौ महिनामा सवारी दुर्घटनामा परी मृत्यु हुनेको सँख्या २८ पुगेको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी दुर्घटनामा परि वार्षिक २ हजार जनाको मृत्यु हुने गरेको छ ।
आव २०७५र२०७६ मा उपत्यकामा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संंख्या महिलाको तुलनमा पुरुष बढी देखिएका छन्।
विष्टका अनुसार उपत्यकामा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये महिला २४ प्रतिशत छन् भने पुरुषको संख्या ७६ प्रतिशत रहेको छ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक प्रमोदकुमार यादवले आव २०७५र७६ मा चोटपटक लागेर ओपिडीमा आउने बिरामीको संख्या ७९ हजार २ सय ३९ पुगेको बताउनुभयो ।
त्यस्तै उहाँका अनुसार अर्थिक वर्ष २०७३र७४ मा ट्रमा भएर मृत्यु हुनेको संख्या २ दशमलब ४ रहेको र २०७५र७६ सम्म पुग्दा घटेर मृत्यु हुनेको संख्या घटेर १ दशमलब ८७ पुगेको बताउनुभयो ।
डब्लुएचओको तथ्यांकअनुसार विश्वमा प्रत्येक दिन साढे ३ हजारको हाराहारीमा मानिसको मृत्यु सवारी दुर्घटनाले हुने गरेको छ । वार्षिक हेर्ने हो भने साढे १२ लाख मानिसको मृत्यु सवारी दुर्घटनाबाट हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्