Logo
|
Sunday 27th October 2024
Logo

epaper

ओस्टेपोरोसिस दिवसको अवसरमा नेशनल बाथरोग सेन्टरमा निःशुल्क शिविर



जनस्वास्थ्य सरोकार काठमाडौँ, कात्तिक ३ । रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले विश्व ओस्टेपोरोसिस दिवसको अवसरमा निःशुल्क ओस्टेपोरोसिस शिविरको आयोजना गरेको छ ।
ओस्टेपोरोसिस रोग रोकथाम तथा न्युनिकरणका लागि बद्री तीर्थ आर्थराइटिस सोसाईटी र नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको सेन्टरले जनाएको छ । सो शिविर मंगलवार सम्म चल्ने छ ।
सेन्टरले आगामी मंगलबारसम्म आउने विरामीका लागि ओस्टेपोरोसिस सम्वन्धी परामर्स र क्याल्सियम जाँच निशुल्क गर्ने घोषणा गरेको छ । यस्तै रक्त परीक्षणमा समेत २० प्रतिशत छुट दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्