Logo
|
Sunday 27th October 2024
Logo

epaper

न्याम्सले स्थगित गरेको पीजी तहको प्रवेश परीक्षा कात्तिक ९ मा हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले यसअघि स्थगित गरेको एमडी/एमएस/एमडीएस तहको प्रवेश परीक्षा आगामी ९ कात्तिक शनिबार गर्ने भएको छ । न्याम्सले हिजो (सोमबार) सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

यसअघि न्याम्सले गत शनिबार (२ कात्तिक)का लागि तय भएको परीक्षा एक दिन अघि स्थगित गरेको थियो ।
त्यसबेला न्याम्सले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार परीक्षा स्थगित गरेको जनाएको थियो ।

नेपाल मेडिकल काउन्सिलले यस बर्ष एमडी एमएसतर्फ ११५ र डिएम/एमसीएचतर्फ २१ सिट निर्धारण गरेको छ । जसमा एमडीरएमडीएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ ।

त्यसैगरी पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ । डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्