Logo
|
Sunday 27th October 2024
Logo

epaper

बाग्लुङमा निःशुल्क बृहत्त स्वास्थ्य शिविर संचालन



जनस्वास्थ्य सरोकार, बागलुङ। बागलुङमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । ग्रामिण क्षेत्रमा रहेर उपचार गराउन नसकेकाहरुलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा ताईवानी, पोखरा स्थित गण्डकी अस्पताल, हिमालय आँखा अस्पताल र धौलागिरी अस्पतालका १ सय ५० जना चिकित्सकहरुले सेवा उपलव्ध गराएका छन ।

रोटरी ईन्टरनेशल डिस्ट्रिक ३५२३ ताईवान चीन तथा रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपालको सहयोग तथा रोटरी क्लब अफ बागलुङ र धौलागिरी अस्पताल बागलुङको संयुक्त आयोजनामा शिविर संचालन गरिएको हो । आर्थिक रुपले कमजोरी रहेका र प्रत्यक्ष रुपमा स्वास्थ्य उपचार गराउनबाट बञ्चित रहेकाहरुलाई यो शिविरले ठुलो सहयोग पुगेको धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए ।

शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, बाल चिकित्सा, दन्त, हृदयरोग, नशा, हाडजोर्नी, फोक्सोसम्वन्धी बिरामीले उपचार गराएका छन । उपचार गराउन नसेकर घरगाउँमा नै बसेको अवस्थामा आफनै जिल्लामा बिदेशी डाक्टर सहितको टोली आएकोले स्वास्थ्य परिक्षण गराउन लाइनमा बसेको जैमिनी नगरपालिका मोतिलाल गौरेले बताए ।

धौलागिरी अञ्चल अस्पताल परिसरमा संचालन गरिएको शिविरमा उपचार गराउने सर्वसाधारणहरुको बिहानै देखि घुइचो लागेको छ । उपचारको लागि बागलुङ,पर्वत,म्याग्दी लगाएका जिल्लाबाट झन्डै ९ हजार सर्वसाधारणहरुले नाम दर्ता गराएका छन । शिविर दुई दिन सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्