Logo
|
Saturday 20th April 2024
Logo

epaper

मधुमेह रोगीले के खाने/के नखाने ?



हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि, समस्या देखिन्छ, जसलाई चिनीरोग अर्थात् मधुमेह भनिन्छ । अर्थात् प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

कार्बोहाइड्रेट र चिल्लो कम भएका खानेकुरा खानुपर्छ । त्यस्तै, मौसमअनुसार सबै फलफूल र सागसब्जी खान सकिन्छ ।

चिनी, ग्लुकोज आदिबाहेक आफूले दैनिक उपभोग गर्दै आएका खानेकुरा आवश्यक परिमाणमा खान सकिन्छ । रगतमा हुने ग्लुकोजको मात्रामा हुने परिवर्तनले समस्या सिर्जना गर्छ । तसर्थ, ग्लुकोजको मात्रा ठीक कायम राख्न खाना र खाजा आवश्यकताअनुसार खानुपर्छ ।

माछा, मासुलगायत पशुजन्य पदार्थ, सुक्खा फलफूल, दूधजन्य खानेकुरा, रेसा बढी भएका तरकारी खाँदा हुन्छ ।

दूषित पानी पिउनबाट टाढा रहनुपर्छ । उमालेको वा फिल्टर गरेको पानी पिउन अनिवार्य छ ।

फास्टफुड, तारेका खानेकुरा, कोल्ड ड्रिंक्स, अधिक मसलायुक्त खानेकुरा खानुहुँदैन । त्यस्तै, सुर्तीजन्य पदार्थ र मद्यपानबाट टाढा रहनुपर्छ ।

मधुमेहका लक्षण
मधुमेह भएमा अत्यधिक भोक र तिर्खा लाग्ने, तौल घट्ने, समय–समयमा पिसाब लाग्ने, थकान महसुस र कमजोर हुने हुन्छ । मधुमेहका बिरामीमा खाने शैलीले धेरै नै प्रभाव पार्छ । त्यसैले, खानामा ध्यान विशेष ध्यान पु-याउन आवश्यक छ । (कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश पौडेल नेपाल नेसनल अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्