Logo
|
Monday 28th October 2024
Logo

epaper

स्वास्थ्य मन्त्री फेरिए, आजै पदवहाली हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्य मन्त्री फेरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु पदस्थापन र हेरफेरसँगै स्वास्थ्य मन्त्रीमा भानुभक्त ढकाल र स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावतलाई जिम्मेवारी दिइएको छ । यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुनमन्त्रीमा पदस्थापन गरिएको छ भने स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई मन्त्री मण्डलबाट हटाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री ढकाल र राज्यमन्त्री रावतको पदवहाली संगै गर्ने तयारी भएको छ । राज्यमन्त्री रावतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिईसकेपछि दुबै जना पदवहालीका लागि मन्त्रालय पुग्ने सचिव खगराज बरालले जानकारी दिनुभयो । नव नियुक्त मन्त्रीहरुको सपथ राष्ट्रपति कार्यालयले विहान ११ बजेका लागि तोकेको छ । स्वास्थ्य मन्त्री ढकालको जिम्मेवारी परिवर्तन मात्रै भएकोले सपथ लिनु पर्दैन तर रावत नयाँ नियुक्त भएकाले सपथ लिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्