Logo
|
Monday 28th October 2024
Logo

epaper

विद्यार्थीमाथि भएकाे आक्रमणप्रति युवा चिकित्सक संघकाे ध्यानाकर्षण



जनस्वास्थ्य सरोकार, काठमाडौं। बढी शुल्क फिर्ताको माग गरेका नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि कलेज प्रशासनले गरेको आक्रमणको घटनाप्रति युवा चिकित्सक संघ नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ ।
संघले विज्ञप्ति निकालेर सरकारले तोकेभन्दा बढी शुल्क असुलेको र असुलेको शुल्क फिर्ताको माग गरेका विद्यार्थीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

साथै विदेशमा मेडिकल कलेजहरुमा अध्यनरत विद्यार्थीहरूमाथि पनि आर्थिक, मानसिकलगायत विभिन्न प्रकारका शोषण हुँदै आएको संघले जनाएको छ। यी समस्या समाधानका लागि पनि संघले संगठन विस्तार गर्नु परेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्