Logo
|
Monday 28th October 2024
Logo

epaper

विरामीलाई बलात्कारको प्रयास गर्ने डाक्टर झा अस्पतालबाट निश्काषित



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिसिटीले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका डा. रोहितकुमार झालाई अस्पतालबाट निश्काषन गरेको छ । अस्पतालले आइतबार नै डाक्टर झालाई निलम्बन गरेको थियो । उपचारका लागि आएकी एक युवतिमाथि झाले बलात्कारको प्रयास गरेका थिए । सोही आरोपमा प्रहरीले झालाई सोमबार साँझ अस्पताल परिसरबाटै पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार उपचारका लागि आइतबार अस्पताल पुगेकी युवतीले आफूमाथि डाक्टर झाले बलात्कार प्रयास गरेको भन्दै आज सोमबार उजुरी दिएपछि पक्राउ गरिएको हो।

उता, अस्पताल प्रशासनले भने डाक्टर झाको विषयमा हिजै साँझ कम्प्लेन आएपछि झालाई निलम्बन गरेको थियो । झाले दुई महिना अघिबाट मात्र अस्पतालमा जागिरको सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्