Logo
|
Monday 28th October 2024
Logo

epaper

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले जानकारी दिए। प्रधानमन्त्री ओलीको पेट असाध्यै दुखेपछि बिहान साढे ९ बजे अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्