Logo
|
Monday 28th October 2024
Logo

epaper

कारागारमा निःशुल्क स्वास्थ्य शिविर



जनस्वास्थ्य सरोकार, लमजुङ । लमजुङ जिल्ला कारागारमा रहेका कैदि बन्दीहरुको निः शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र लमजुङ जिल्ला सामूदायिक अस्पतालको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।चिसो बढेसँगै कैदीबन्दीहरु बिरामी हुन थालेपछि कैदीहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको अस्पताल प्रशासनका प्रमुख हेमन्त श्रेष्ठले बताए । कारागारमा रहेका ७६ जना पुरुष र ८ जना महिला गरी ८४ जना कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । सो मध्ये नौ जना पुरुष कैदिबन्दीको एचआईभी परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गरेका सबै कैदीबन्दीहरुमा रक्तचाप, ज्वरो, रुघाखोकी लगायतका समस्या देखिएको चिकित्सक वीरबहादुर श्याङताङले बताए । कैदीबन्दीहरुको स्वास्थ्य परीक्षणमा अस्पतालका चिकित्सक श्याङताङसहित आठ जनाको टोली खटिएको थियो । बिरामीहरुलाई आवश्यक औषधी वितरणको साथै खानपानमा ध्यान दिनुपर्ने, नियमित व्यायम गर्नु पर्ने लगायतको परामर्श दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्