Logo
|
Monday 28th October 2024
Logo

epaper

औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाद्वारा स्वास्थ्य मन्त्री ढकाललाई बधाई

आर्थिक अभावमा कसैले पनि औषधि सेवन गर्नबाट बञ्चित हुन नपरोस्—मन्त्री ढकाल



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटी बधाइ तथा शुभकामना दिएको छ । संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, महासचिव शुभमान श्रेष्ठलगायतको टोलीले कार्यकक्षमा पुगेर मन्त्री ढकाललाई बधाई तथा शुभकामना दिएको हो ।
सो अवसरमा मन्त्री ढकालले असरदार र गुणस्तयुक्त औषधिहरु सर्वसुलभ तरिकाले जनतासमक्ष उपलब्ध गराउने र कुनै पनि नेपालीलाई आर्थिक अभावमा औषधि सेवन गर्नबाट बञ्चित हुन नदिन औषधि व्यवसायीहरुको साथ र सहयोगको खाँचो भएको बताउनुभयो ।
मन्त्री ढकालको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ र महासचिव सुभमान श्रेष्ठले औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखालगायतका देशभर रहेका औषधि व्यवसायीहरुको तर्फबाट सुखी नेपाली र समृद्ध नेपालका लागि मन्त्रीको सोच र अभियानमा पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्