Logo
|
Monday 28th October 2024
Logo

epaper

झोल खानेकुरा खाएर हिंड्न थाले प्रधानमन्त्री ओली [अपडेट]



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली हल्का हिंडडुल गर्न थालेका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि उनलाई चिकित्सककको निगरानीमा हल्का हिंडाइएको हो ।प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. दिव्यासिंह शाहले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई हिंड्नथाल्नुभएको छ ।’ उहाँलाई झोल खानेकुरा दिइएको भन्दै आजबाट बढी झोल भएको ठोस खानेकुरा पनि दिइने बताइन् ।यसैगरी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जानकारी आएको छ । उनी उपचाररत मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरले विज्ञप्तिमार्फत् स्वास्थ्यमा उल्लेख्य सुधार भएको जनाइएको छ । तर, ओलीको सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्