Logo
|
Monday 28th October 2024
Logo

epaper

एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष १३ सयको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०१० को तुलनामा यो तथ्याङ्क ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् । त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी एड्सका कारण मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क रहेको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिए । विश्व एड्स दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ८८० जना नयाँ एचआईभी संक्रमित थपिएको बताए । नयाँ थपिने विरामीको संख्या पनि अहिले ६२ प्रतिशतभन्दा कम भएको तथ्याङ्कले देखाएको छ ।“एचआईभी एड्स नियन्त्रणका लागि पछिल्लो दशक हामी निरन्तर सुधार गरिरहेका छौँ,” उनले भने । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा ७३ हजार मानिस एचआईभी एड्ससहित बाँचेका छन् । कम्बोडियाका लागि संयुक्त राष्ट्रसंघका आवासीय दूत पौलिन तामेसिसले एचआईभी नियन्त्रणको प्रयासबाट सकारात्मक नतिजा आएपनि पूर्ण सन्तुष्ट हुने अवस्था भने नरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्